सिमकोट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएपछि थप उपचारका लाीग साढे ५ः०० बजे सुर्खेत लगिएको छ।
कर्णाली प्रदेश सरकारले शुरु गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका वडानं ३ को लिमाटाङ जाने क्रममा मुख्यमन्त्री शाही लडेर सामान्य घाइते भएपछि हेलिकोप्टरबाट सुर्खेत लगिएको हुम्लाका प्रमुख जिल्लाअधिकारी चिरञ्जिवी गिरीले जानकारी दिनुभयो ।
सिमकोटबाट गाडीमा जानुभएका मुख्यमन्त्री शाहीलाई आधाबाटोबाट घोडा चढाइएको थियो । उहाँले चढेको घोडा तर्सिदा लडेरघाइते हुनुभएको घटनास्थलमा भएका नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष अर्जुन बोहराले जानकारी दिनुभयो ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…