रैनादेवि छहरा गाउँपालिकाद्धारा सुन्दरे ढुङगा–सालझण्डी सडक कालोपत्रे सुरु ।

पाल्पा । पाल्पाको पश्चिम क्षेत्रमा अवस्थित रैनादेवि छहरा गाउँपालिकाले सडक कालोपत्र (पिच)को काम सुरु गरेको छ ।

स्थानिय तहकै नुमना योग्य कामको रुपमा रैनादेवि छहरा गाउँपालिकाले कालोपत्रको काम सुरु गरेको हो । उक्त सुन्दरे ढुङगा– जुठापौवा सालझण्डी सडक खण्डको कालोपत्रे योजानको सिलन्यास गर्दै गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले पालिकाको गौरबको योजना अन्तरर्गत पर्ने कालोपत्रेको कामलाई सफल बनाएर पालिकाले पनि ठुला र गौरबका योजना सफलता पुर्वक सम्पन्न गर्न सक्छन भन्ने उदाहारण प्रस्तुत गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीले स्थानिय सरकार रैनादेवि छहरा गाउँपालिका स्थानियको सुखः दुखको सारथी बन्न सधै तयार रहेको भन्दै पश्चिम पाल्पाका स्थानियको आर्थिक,भौतिक र सामाजिक रुपान्त्रणको लागि गुणस्तरी र प्रभावकारी कार्यक्रम ल्याएको बताउनुभयो ।

सो क्षेत्रमा कालोपत्रेको काम सुरु भएसँगै त्यस भेगका स्थानियमा खुशीयाली छाउनुका साथै नमुना योग्य कामको सुरुवात भएको भन्दै स्थानिय हर्षित भएका छन । उक्त सडक खण्डमा कालोपत्रे हुँदा रुपन्देहीको सालझण्डी झर्न कम समय लाग्ने छ । स्थानिय कृिषका उत्पादन छिटो छरितो रुपन्देही सम्म पु्याउन समेत सहज हुने अपेक्षा लिईएको छ । कालोपत्र ठेक्का पाएको पिएस.जीएस.एचसी जेवि कन्ष्ट्रकसनले भ्याट सहित ८ करोड ४५ लाख,३७ हजार २ सय ६६ रुपौयाँ ७२ पैषामा ठेक्का पाएको थियो । उक्त ठेकेदार पक्षले २०७८ पौष ५ गते १८ महिना भित्र सम्पन्न गर्ने गरि असार महिनामा सम्झौता गरेको थियो । उक्त मोटर बाटो कालोपत्र हुँदा पश्चिम पाल्पा सहित अर्घाखाँचि,रुपन्देही,गुल्मी सम्म पुग्नको लागि सहज हुने अपेक्षा गरिएको छ । उक्त सिलन्यास कार्यक्तममा रैनादेवि छहरा गाउँपालिका अध्यक्ष राम बहादुर कार्की,उपाध्यक्ष चेत कुमारी थापा,प्रवक्ता विष्णु पोख्रेरल,प्रमुख प्रशासकिय अधिकृत खेत बहादुर खत्रीका साथै स्थानियको सहभागीता रहेको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago