सुकुम्वासीलाई राहत

मोरङ। प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथान गाउँपालिका मा एकीकृत नमूना बस्तीजनता आवास कार्यक्रमअन्तर्गतशुक्रबार ३४ वटा तीन कोठे घर सुकुम्वासी परिवारलाई हस्तान्तरण गर्नुभयो

ग्रामथान गाउँपालिका नयाँबस्तीका ३४ सुकुम्वासीलाई जस्तापाता लगाएको शौचालयसहित तीन कोठे नयाँ पक्की घर  हस्तान्तरण गरिएको हो सुनसरी मोरङ सिँचाइ आयोजनाअन्तर्गत नहरको डिलमा बसेका सुकुम्वासीको घर आयोजनाले भत्काएपछि  घरवारविहीन भएका उनीहरुलाई घर हस्तान्तरण गरिएको हो

सांसद अमनलाल मोदीको निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास कार्यक्रम तराई मधेश समृद्धि कार्यक्रम ग्रामथानगाउँपालिकाको रु तीन करोड चार लाख ४१ हजारको लागतमा  घर निर्माण गरिएको हो दुई वटा घर निर्माणधीन अवस्थामा रहेकालेपछि हस्तान्तरण गरिने सोही अवसरमा बताइयो

मुख्यमन्त्री राईले घर हस्तान्तरण गर्दै आवासविहीन सुकुम्वासीलाई सरकारले सुरक्षित बसोबासका लागि घर निर्माण गर्नेबताउनुभयो उहाँले भूमिहीन किसानलाई जग्गा दिन भूमि आयोगले काम शुरु गरिसकेको भन्नुभयो आर्थिक मामिला तथायोजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकार जनताको जीवनस्तर अगाडि बढाउन शिक्षा, स्वास्थ्यमा उनीहरुको पहुँच पुर्याएरस्वरोजगार बनाउन कटिबद्ध रहेको भन्नुभयो सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुकुम्वासी, आदिवासी सीमान्तकृत जनताकोजीवनस्तर उकास्न सीपमूलक रोजगार कार्यक्रम ल्याइएको बताउनुभयो सांसद अमनलाल मोदीले तीन तहको सरकारले निर्माण गरेकोनमूना बस्तीमा उचित रेखदेख गरी बसोबास गर्न आग्रह गर्नुभयो

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago