मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथान गाउँपालिका–७ मा एकीकृत नमूना बस्ती ‘जनता आवास कार्यक्रम’ अन्तर्गतशुक्रबार ३४ वटा तीन कोठे घर सुकुम्वासी परिवारलाई हस्तान्तरण गर्नुभयो ।
ग्रामथान गाउँपालिका–७ नयाँबस्तीका ३४ सुकुम्वासीलाई जस्तापाता लगाएको शौचालयसहित तीन कोठे नयाँ पक्की घर हस्तान्तरण गरिएको हो । सुनसरी मोरङ सिँचाइ आयोजनाअन्तर्गत नहरको डिलमा बसेका सुकुम्वासीको घर आयोजनाले भत्काएपछि घरवारविहीन भएका उनीहरुलाई घर हस्तान्तरण गरिएको हो ।
सांसद अमनलाल मोदीको निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास कार्यक्रम तराई मधेश समृद्धि कार्यक्रम र ग्रामथानगाउँपालिकाको रु तीन करोड चार लाख ४१ हजारको लागतमा घर निर्माण गरिएको हो । दुई वटा घर निर्माणधीन अवस्थामा रहेकालेपछि हस्तान्तरण गरिने सोही अवसरमा बताइयो ।
मुख्यमन्त्री राईले घर हस्तान्तरण गर्दै आवासविहीन सुकुम्वासीलाई सरकारले सुरक्षित बसोबासका लागि घर निर्माण गर्नेबताउनुभयो । उहाँले भूमिहीन किसानलाई जग्गा दिन भूमि आयोगले काम शुरु गरिसकेको छ भन्नुभयो । आर्थिक मामिला तथायोजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकार जनताको जीवनस्तर अगाडि बढाउन शिक्षा, स्वास्थ्यमा उनीहरुको पहुँच पुर्याएरस्वरोजगार बनाउन कटिबद्ध रहेको छ भन्नुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुकुम्वासी, आदिवासी र सीमान्तकृत जनताकोजीवनस्तर उकास्न सीपमूलक रोजगार कार्यक्रम ल्याइएको बताउनुभयो । सांसद अमनलाल मोदीले तीन तहको सरकारले निर्माण गरेकोनमूना बस्तीमा उचित रेखदेख गरी बसोबास गर्न आग्रह गर्नुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…