टोकन प्रणालीमार्फत धान खरिद शुरु

कञ्चनपुर। सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य शुरुगरेको कम्पनीले धान बिक्री गर्ने किसानको सङ्ख्या अधिक भएका कारण टोकन प्रणालीमार्फत धान खरिदको कार्य शुरु गरेको

फोटो फाईल

कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै भीडभाड हुन नदिनका लागि टोकन प्रणालीमार्फत धान खरिद शुरु गरेका छौँ”, कम्पनीका निमित्त कार्यालय प्रमुख नारायणप्रसाद खरलेले भन्नुभयो, “टोकन प्रणालीअनुसार धान खरिद हुन थालेपछि भीडभाड नभईसहजरुपमा धान खरिदको कार्य भइरहेको

उहाँका अनुसार शुरुमा दुईवटा काँटा राखेर धान खरिद शुरु गरिएकामा कार्यलाई छिटोछरितो बनाउनका लागि तीनवटा काँटा थपिएकाछन् यसबाट एकैपटक धेरै किसानको धान खरिद गर्न सहज भइरहेको कम्पनीले धान खरिदका लागि हालसम्म १५० टोकनवितरण गरेको कम्पनीमा ५० क्विन्टलमाथि धान बिक्री गर्न ल्याउने किसानसँग लालपुर्जा माग्ने गरेका छौँ”, निमित्त कार्यालय प्रमुखखरेलले भन्नुभयो, “वास्तविक किसान हो÷होइन भनेर लालपुर्जा माग्ने गरिएको व्यापारीहरुले समेत किसानबाट सस्तोमा धानखरिद गरी कम्पनीमा बेच्नका लागि ल्याउने भएकाले लालपुर्जा माग्ने गरिएको उहाँको भनाइ

कम्पनीलाई सात हजार क्विन्टल धान खरिदका लागि कोटा निर्धारण गरिएको हालसम्म कम्पनीले ५०० क्विन्टल बढी धान खरिदगरिसकेको गत वर्षसमेत सात हजार क्विन्टलकै हाराहारीमा कम्पनीले धान खरिद गरेको थियो मंसिर गतेसम्मका लागि धानखरिद गर्न कम्पनीले टोकन वितरण गरिसकेको किसानलाई पालो पु¥याएर कम्पनीले टोकन दिने गरेको यस वर्ष धानकोउत्पादन बढी भएकाले निर्धारित कोटाभन्दा बढी धान खरिद हुने कम्पनीका कर्मचारीको भनाइ

कम्पनीले मोटो धान मात्रै सरकारले निर्धारण गरेको प्रतिक्विन्टल रु दुई हजार ७३५ मा खरिद गरिरहेको असार महिनामै सरकारलेधानको दररेट निर्धारण गरे पनि कम्पनीले धेरै ढिलो धान खरिद गर्न शुरु गरेको हो कार्यालय आर्थिक व्यवस्थापन गर्न ढिलाइ हँुदाधान खरिदकार्यमा विलम्ब भएको कम्पनीका कर्मचारीको भनाइ

खरिद गरिएको धान कम्पनीले भण्डारण गरी बोलपत्र प्रक्रियाद्वारा धानको कुटाइ गरी चामल बनाइ धनगढीको कैलालीको कार्यालयमापठाउने गर्दछ कैलालीस्थित कम्पनीको कार्यालयले चामलको अभाव भएका पहाडी, हिमाली जिल्लामा सहुलियत दरमा चामल बिक्रीवितरणको कार्य गर्दै आएको

  कञ्चनपुरमा खेती गरिएको कूल क्षेत्रफल ५६ हजार ६०२ हेक्टरमध्ये धानखेती ४८ हजार ४९६ हेक्टरमा हुने गरेको यसको उत्पादनएक  लाख ८९ हजार १३४ दशमलव ४० रहेको चालु आवमा धानको उत्पादन १५ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago