मानहुँकोटले फस्टायो दमौलीका होटल व्यवसाय

दमौली, कोभिड१९ कारण करिब सात महिना तनहुँ जिल्लाका होटल व्यवसाय ठप्प रहे कहिले लकडाउन कहिले निषेधाज्ञा कारणजिल्लाका होटल व्यवसाय अधिकांश समय बन्द रहे कोभिडकै कारण कतिपय होटल व्यवसायी व्यवसायबाटै पलायन भए, कतिपयबन्द हुने अवस्थामा पुगेका छन्

पछिल्लो समय दमौलीका होटल व्यवसाय विस्तारै तङ्ग्रिने प्रयासमा पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको व्यासनगरपालिका मानहुँकोटका कारण यतिबेला दमौलीका अधिकांश होटल भरिभराउ भएका हुन् राति बास बसेर बिहानै मानहुँकोटमापुगेर सूर्योदय हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक दमौली आउन थालेका छन्

दमौलीस्थित होटल ससइनका सञ्चालक जीवन शाहीले एक हप्तादेखि होटल भरिभराउ रहेको जानकारी दिनुभयो कोभिडलेधरासायी भएको होटल व्यवसाय मानहुँकोटका कारण तङ्ग्रिने प्रयासमा , एक हप्तादेखि आन्तरिक पर्यटकका कारण होटल प्याक”, शाहीले भन्नुभयो, “दैनिकजसो कोठा नभएर पर्यटक फिर्ता पठाउनुपर्ने अवस्था आएको

श्रेष्ठको होटलमा ११ कोठा रहेकामा दैनिक २०÷२५ जना पर्यटक बास बस्ने गरेका छन् मानहुँकोटले बाहिरी जिल्लाका आन्तरिकपर्यटक ह्वात्तै तान्यो, व्यवसाय ठप्प रहेको बेला राहत मिलेको ”, उहाँले भन्नुभयो मानहुँकोट दमौलीवासीका लागि गर्व गर्ने ठाउँरहेकाले यहाँ घुम्न आउने पर्यटकको सुरक्षा प्रबन्धमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको शाहीले सुझाव दिनुभयो

व्यास नगरपालिका चापाघाटस्थित न्यू ड्रागन होटलका सञ्चालक दिनेश खनालले एक हप्तादेखि होटल भरिभराउ रहेको जानकारीदिनुभयो कोरोनाले सुस्तायो होटल व्यवसायलाई मानहुँकोटले ऊर्जा भरिदिएको ”, उहाँले भन्नुभयो, “मानहुँकोट जान आएकापर्यटक बास बसेका कारण होटलका सबै कोठा प्याक छन् उहाँका अनुसार होटलमा २० कोठा रहेकामा सबै भरिभराउ छन्

व्यास नगरपालिका मुख्यचोकस्थित पञ्चम होटलका सञ्चालक राजकुमार श्रेष्ठले दैनिक २५÷३० जना आन्तरिक पर्यटकले आफ्नोहोटलमा रात बिताउने गरेको जानकारी दिनुभयो चार÷पाँच दिनदेखि ११ वटा कोठा सबै भरिभराउ अवस्थामा ”, उहाँले भन्नुभयो क्षेत्रीय होटल सङ्घ तनहुँका वरिष्ठ उपाध्यक्ष विकास खनालले यतिबेला दमौलीका अधिकांश होटल आन्तरिक पर्यटकले भरिएकोजानकारी दिनुभयो मानहुँकोट निकै चर्चामा आएपछि देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक दमौली ओइरिएका छन्, जसकारण अधिकांश होटल भरिभराउ भएका छन्”, उहाँले भन्नुभयो, “कोभिडको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्डअपनाएर पाहुना राख्न होटल व्यवसायीलाई अनुरोध गर्दै आएका छौँ

सामाजिक सञ्जालमा निकै भाइरल बनेको मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजारभन्दा बढी पर्यटक पुग्ने गरेको वडाध्यक्षमोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानैआन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको पछिल्लो एकहप्ताको अवधिमा मानहुँकोटमा पर्यटकको घुइँचो बढेको श्रेष्ठले जानकारी दिनुभयो दैनिक करिब एक हजारभन्दा बढी पर्यटकमानहुँकोट आएका छन्”, उहाँले भन्नुभयो, “सञ्चारमाध्यमबाट मानहुँकोटको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग मिलेको

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको व्यास नगरपालिकाले रु ३६ लाख ५०हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको मानहुँकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ   साथै दमौली बजार, मादी नदी, साँगेखोला, तनहुँ जलविद्युत्कोड्याम निर्माणस्थल एवं मनोरम दृश्यहरु यहाँबाट देखिन्छ

व्यासको कार्यपालिका बैठक मानहुँकोटमा

तनहुँको व्यास नगरपालिकाको कार्यपालिका बैठक पनि मानहुँकोटमा बस्ने भएको व्यास नगरपालिका स्थित मानहुँकोटको थपप्रचारप्रसार गर्ने उद्देश्यसहित नगरपालिकाले मानहुँकोटमा कार्यपालिकाको बैठक राख्ने तयारी गरेको हो

नगरपालिकाका प्रवक्ता एवं सोही वडाका अध्यक्ष मोहनकुमार श्रेष्ठले आइतबार कार्यपालिकाको बैठक मानहुँकोटमा बस्ने जानकारीदिनुभयो कार्यपालिकाको बैठक मानहुँकोटमा सम्पन्न हुने भएपछि यसको प्रचारप्रसारका लागि थप सहयोग पुग्ने श्रेष्ठले बताउनुभयो कार्यालयभन्दा बाहिर पहिलोपटक कार्यपालिकाको बैठक बस्दैछ, यसले यहाँको विकासका लागि योगदान पुग्नेछ”, श्रेष्ठले भन्नुभयो

मानहुँकोट पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटबाट सूर्योदय कुहिरो अवलोकन गर्न दैनिकएक हजार पर्यटक यहाँ पुग्ने गरेका छन् वडाध्यक्ष श्रेष्ठका अनुसार तनहुँका अतिरिक्त छिमेकी जिल्ला कास्की, लमजुङ, चितवन, गोरखालगायतका जिल्लाबाट पर्यटक मानहुँकोट आइरहेका छन्

फोहरमैला व्यवस्थापनका लागि डस्टविन सहयोग

मानहुँकोटको फोहरमैला व्यवस्थापनका लागि रेन्ट टेण्टले डस्टविन सहयोग गरेको मानहुँकोटमा पर्यटकको सङ्ख्या बढ्न थालेसँगैफोहरमैला पनि बढेपछि त्यसको व्यवस्थापनका लागि रेन्ट टेण्टले आठ थान डस्टविन सहयोग गरेको हो

सञ्चालक मुख्तार अहमद मियाँ रम्जान अलीले वडाध्यक्ष मोहनकुमार श्रेष्ठलाई शुक्रबार उक्त डस्टविन हस्तान्तरण गर्नुभएको व्यवसायसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै पर्यटकीयस्थलको फोहरमैला व्यवस्थापनका लागि डस्टविन सहयोग गरिएको मियाँलेजानकारी दिनुभयो

मानहुँकोटमा पर्यटक बढेसँगै फोहरमैला पनि बढेकाले फोहरमैला व्यवस्थापनका लागि वडाले पनि पहल गर्दै आइरहेको वडाध्यक्ष श्रेष्ठलेजानकारी दिनुभयो दमौलीस्थित विभिन्न युवा क्लबको सहयोगमा बेलाबेलामा सरसफाइका कार्यक्रम सञ्चालन गरिँदै आएको श्रेष्ठलेबताउनुभयो मानहुँकोटको दीर्घकालीन फोहरमैला व्यवस्थापनका लागि वडाले एक जना कर्मचारी नियुक्त गर्ने तयारी गरेको पनिश्रेष्ठले बताउनुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago