इनरुवा, सुनसरीको इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमाइनरुवा–९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर–२ का २० वर्षीय दिनेश राम, इटहरी–१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी– १२का ३२ वर्षीय शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।
पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरीसहित जिल्लाको विभिन्नठाउँको बजारमा बिक्री वितरण गरिरहेको छ भनी गोप्य सूचनाको आधारमा उनीहरुलाई पटकासहित पक्राउ गरिएको प्रहरी नायबउपरीक्षक कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाको साथबाट प्रहरीले को २२ प ३००२ नंम्बरको मोटरसाइकल, को १ ह ७२६०नम्बरको अटो टेम्पु, ४ वटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…