त्रिवर्षीय आबधिक याेजना निर्माण जुट्याे बगनासकाली पत्रकारसँग सुझाब माग्याे ।

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका त्रिवर्षीय आवधिक योजना निर्माणमा जुटेको छ । गाउँपालिकाले विभिन्न पक्षबाट सुझाव संकलन गरी योजना निर्माणमा जुटेको हो । मंगलबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी त्रिवर्षीय आवधिक योजनामा समेट्न सकिने विषयका बारेमा जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ ।

पत्रकारहरुले रोजगार, उत्पादन र पूर्वाधारलाई त्रिवर्षीय आवधिक योजनामा समावेश गरिनुपर्ने बताएका छन् । उनीहरुले वर्तमान आवश्यकतालाई केन्द्रविन्दुमा राखेर पूर्वाधार, रोजगार र उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् । कोरोना महामारीका कारण धेरै युवाहरुले रोजगार गुमाउनु परेको अवस्था रहेकाले उनीहरुको सीप, दक्षलाई उचित व्यवस्थापन गरी स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने खालका कार्यक्रमहरु योजनामा समावेश गर्न स्थानीय सरकारलाई पत्रकारले सुझाव दिएका छन् । व्यवसायिक कृषि, पशुपालनका माध्यमबाट युवाहरुलाई गाउँमै रोजगार सिर्जना गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनका लागि रोजगारलाई आवधिक योजनामा समावेश गर्न पत्रकारले स्थानीय सरकारलाई आग्रह गरेका छन् । उनीहरुले उत्पादन र पूर्वाधारका कार्यक्रमहरुलाई पनि आवाधिक योजनामा समावेश गर्नुपर्नेमा जोड दिएका छन् । पम्परागत रुपमा गरिदै आएका कृषिउपजहरुलाई व्यवसायिक रुपमा उत्पादन गर्न सकेको खण्डमा जनताको आयस्तरमा समेत वृद्धि गर्न सकिने कार्यक्रममा सहभागी पत्रकारहरुले बताए । उनीहरुले उत्पादन र उत्पादकत्व वृद्धिगर्न सके मात्र आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला सदस्य तथा अन्नपूर्ण पोष्टका संवाददाता कृष्ण पोखरेलले आर्थिक समृद्धिका लागि उत्पादन र रोजगारीलाई प्रथमिकता दिई योजना निर्माण गर्नुपर्ने बताए । उनले स्थानीयस्तरमा रहेका घरेलु तथा कुटियर उद्योगहरुको प्रवद्र्धन गरी युवाहरुलाई गाउँमै रोजगार दिनुपर्नेमा जोड दिए । पत्रकार पोखरेलले आयात भन्दा पनि निर्यातलाई पहिलो प्रथमिकता दिन गाउँपालिकालाई आग्रह गरे । उनले गाउँपालिकाले जिल्लामा बालमैत्री, खरको छानो विस्थापित, शुन्य होमडेलिभर जस्ता थुप्रै नमुना काम गरेको बताए । कार्यक्रममा नागरिक दैनिकका संवाददाता मुक्ति न्यौपानेले समुदायको आवश्यकतालाई पहिचान गरी योजना निर्माण गर्नुपर्नेमा जोड दिए । परेवा पाक्षिकका सम्पादक भोजराज भट्टराईले जडिबुटी प्रशोधन केन्द्र, नगदेवालीको पकेट क्षेत्र, थोपा सिँचाई जस्ता कृषिजन्य वस्तुहरुको उत्पादनमा जोड दिन गाउँपालिकालाई आग्रह गरे । श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैयाले ग्रामीण क्षेत्रका सडक पूर्वाधारलाई आवधिक योजनामा समावेश गर्नुपर्ने बताए । उनले ग्रामीण क्षेत्रमा उत्पादन गरिएका कृषि उपजका लागि बजारसम्म लैजानका लागि सडक महत्वपूर्ण हुनेभएकाले सडक स्तरनोतीका लागि गाउँपालिकाले विशेष योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकारहरु कमल तिमिल्सेना, दयाराज न्यौपाने, नेत्र गैरे, भोजराज तिमिल्सेना, विष्णु घिमिरे लगायतले स्थानीयस्तरमा रहेका स्रोतहरुको पहिचान गरी रोजगार सिर्जना गर्ने खालका योजनाहरु ल्याउनुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले पत्रकारहरुको सुझावलाई आवाधिक योजनामा समावेश गर्ने बताए । उनले स्वच्छ खानेपानी, स्वास्थ्य उपचारबाट कुनै पनि जनता बञ्चित हुन नपर्ने गरी योजनाहरु ल्याएको र आगामी दिनहरुमा पनि ति योजनाहरुलाई आवाधिक योजनामा समावेश गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले निर्वाचित पछि स्थानीय तहमा कर्मचारी व्यवस्थापन र कानुन निर्माणमा चुनौति रहेकाले तीन वर्षको अवधिमा आवाधिक योजना निर्माण गर्न नकिएको र अब छिट्टै नै योजना निर्माणमा आफुहरु लागेको बताए । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले सोंचे जति गाउँपालिकामा काम नभएको र जति भएका छन् ति कामहरु प्रभावकारी भएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले कषि, पशुपालन, रोजगारलाई प्राथमिकतामा राखेर आफुहरु अगाडि बढेको बताए । अलाना इन्टरनेश्नल सर्भिशेष तथा बगनासकाली गाउँपालिकाका आवधिक योजनाका संयोजक कृष्ण पौड्यालले पत्रकार राज्यका चौथो अङ्ग भएकाले पत्रकारले दिएका सुझावहरुलाई आवधिक योजना निर्माणमा मार्गदर्शक बन्ने बताए । कार्यक्रम बालमैत्री स्थानीय शासनका फोकल पर्सन मनोज आचार्यको सञ्चालनमा भएको थियो ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago