नेपाल पत्रकार महासङ्घले सञ्जालबाट पत्रकारको अपमान गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरेकोछ ।

काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकारको सामाजिक र पेशागत प्रतिष्ठामा आघात पुर्‍याउने र अपमान हुनेगरी सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।

महासङ्घले बागलुङ शाखाका पूर्वअध्यक्ष एवं एभिन्यूज टेलिभिजनका सम्वाददता राजेशचन्द्र राजभण्डारी, शाखा कार्यसमितिका सहसचिव एवं माउन्टेन टेलिभिजनका सम्वाददाता सुवास आचार्य र ई–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेको व्यक्तिगत र पेशागत चरित्रमा आँच आउने गरी सामाजिक सञ्जालमार्फत पोष्ट गरिएको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाउँदै कारवाहीको माग गरेको हो । 

“महासङ्घ बागलुङ शाखाका अनुसार भाद्र १८ र २१ गते बागलुङ नगरपालिका–४ कुँडुले फेँदी निवासी चन्द्रकान्त पौडेलले सामाजिक सञ्जाल (फेसबुक) मार्फत तस्वीरसहित पत्रकारत्रयलाई आफूले कारबाही गर्न अनुरोध गरेको र केन्द्रीय नेतृत्वले महासङ्घको सदस्यता नरहने गरी कारबाही गर्ने आश्वासन दिएको भनेर पोष्ट गरेका थिए”, महासङ्घद्धारा आज जारी  विज्ञप्तिमा भनिएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago