सन्ताेष गहतराज ,पाल्पा । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि पाल्पाको तिनाउ गाउँपालिकाबाट सम्पादन गरिने अत्यावश्यक सेवा र स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरु भदौं २८ गतेसम्मका लागि बन्द हुने भएका छन् । गाउँपालिकाको आईतबार बसेको बैठकले तिनाउ गाउँपालिका- २, लामाचौपारी टोललाई सिल गरि आवतजावतलाई पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिए ।
यस्तै सिल गरिएको क्षेत्रमा रहेका पसल, होटल तथा वित्तीय संस्थाहरु बन्द रहनेछन् । गाउँपालिकाले मापदण्डहरुको पूर्ण पालना गरि र गराई संक्रमणको जोखिम नियन्त्रण गर्न यस अभियानका निरन्तर सहयोग, साथ र सहभागिताको लागि गाउँपालिकाबासीहरुमा आग्रह गरेको छ । तिनाउमा आइतबार एकसाथ ८ जना संक्रमित भेटिएका छन् । उनिहरुलाई वडा नम्बर २ को दोभान मावि आइसोलेशनमा राखिएको तिनाउका प्रवक्ता राजेश श्रेष्ठले जानकारी गराए ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…