दक्षिण कोरियाली कम्पनी सामसुङले एकसाथ आफ्ना पाँचवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ ।
भर्चुअल पत्रकार सम्मेलनमार्फत् सामसुङले आफ्नो ग्यालेक्सी नोट सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । त्यस्तै ग्यालेक्सी जेड फोल्ड टू,ग्यालेक्सी ट्याब्स एस सेभेन, ग्यालेक्सी वाच थ्री र नयाँ वायरलेस इयरफोन पनि सार्वजनिक गरिएको हो ।
नोट टु सिरिज अन्तर्गत सामसुङले ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा गरी दुईवटा मोडेलका फाइभ जी फोन सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट २० को सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ भने नोट ट्वान्टी अल्ट्राको सुरुवाती मूल्य १२९९ डलर तोकिएको छ ।
नोट २० सिरिजमा परिस्कृत एस पेन हुनेछ र त्यसले स्क्रिनमा लेख्दा साँच्चीकै कलमको कागजमा लेखेको भान हुने दाबी सामसुङको छ ।ग्यालेक्सी नोट २० मा ६.७ इन्चकेा स्क्रिन हुनेछ भने अल्ट्रा भर्सनको स्क्रिन ६.९ इन्च हुनेछ । दुबै फोनको पछाडिको भागमा तीनवटा क्यामरा हुनेछन् भने एउटा सेल्फी क्यामरा रहनेछ ।
नयाँ फोल्डेबल फोन
उक्त समारोहमा सामसुङले सार्वजनिक गरेको आफ्नो आसन्न फोल्डेबल स्मार्टफोन उसको तेश्रो फोल्डेबल फोन हुनेछ । सामसुङको आगामी फोल्डेबल फोनको नाम ग्यालेक्सी जेड फोल्ड टू हुनेछ । त्यसमा ६.२ इन्चको फ्रेन्च स्क्रिन हुनेछ जसलाई बाहिर खोल्दा ७.६ इन्चको फ्लक्सिबल डिस्प्ले देखा पर्नेछ ।
सामसुङले गत वर्ष आफ्नो पहिलो फोल्डेबल फोन, ग्यालेक्सी फोल्ड ल्याएको थियो । त्यस्तै सन् २०२० को सुरुवातमा उसले दोश्रो फोल्डेबल फोनको रुपमा ग्यालेक्सी जेड फ्लिप ल्याएको थियो ।
दुई नयाँ ट्याब्लेट
सामसुङले एस सेभेन सिरिजका दुई नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ । ती दुई नयाँ ट्याबलेट ट्याब एस सेभेन र एस सेभेन प्लसले फाइभ जी सपोर्ट गर्ने बताइएको छ । ट्याब सेभेनको सुरुवाती मूल्य ८ सय ४९ डलर र एस सेभेन प्लसको सुरुवाती मूल्य १०४९ डलर रहेको छ ।
नयाँ स्मार्टघडी र एयरफोन
सामसुङले ल्याएको नयाँ स्मार्टवाच ग्यालेक्सी वाच थ्रीको मूल्य ३ सय ९९ डलर र ग्यालेक्सी बड्स लाइभ एयरफोनको मूल्य १ सय ६९ डलर तोकिएको छ ।
अगष्ट २१ देखि बजारमा
समाचार अनुसार सामसुङले सार्वजनिक गरेका नयाँ ग्याजेटहरु मध्ये फोल्डेबल स्मार्टफोन बाहेकका ग्याजेटहरुको यहीँ बुधबार देखि पि्रअर्डर खुल्ला हुने र आगामी अगष्ट २१ देखि बजारमा उपलब्ध हुने बताइएको छ ।
एजेन्सी
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…