तिनाउ गाउपालिकाका स्वास्थ्य सस्थाको गत बर्षको कार्य समिक्षा सम्पन्न

पाल्पा–तिनाउ गाउँपालिका अन्तर्गत रहेको ४ वटा स्वास्थ्य चौकी तथा ८ वटा स्वास्थ्य इकाईहरुको आ.व. २०७६।०७७ को कार्यप्रगतिको समिक्ष बैठक तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीको अध्यक्षतामा भएको छ । प्रमुख अतिथि तिनाउ गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी रहनुभएको कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्य कार्यालय पाल्पाका ओमप्रकास पन्थी, प्रभास पन्थी, सुवास दवाडी, स्वास्थ्य संयोजक कृष्ण कार्की, दिनेश घिमिरे लगायतको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि थापाले तिनाउँ गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरीयुक्त गाउँपालिका घोषणा गर्नका लागि काम गरिरहेको सोकै लागि दोभान स्वास्थ्य चौकीमा सुविधान सम्पन्न वर्थिङ्ग सेन्टर संचालन गर्ने तयारी भएको बताउनुभयो । नर्सिङ्ग निरिक्षक रीता कुमारी थापाको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाले कार्यप्रगति तथा आगामि कार्ययोजनाहरु प्रस्तुत गरेको थिए ।

स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर ओम प्रकाश पन्थीले कोभिड १९ का कारण कार्यक्रममा केही असहजता भएता पनि जनप्रतिनिधिहरुको साथ र सहयोगले स्वास्थ्यको क्षेत्रमा काम सन्तोषजनक भएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले स्वास्थ्यलाई तिनाउ सरकारले मुख्य प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले सबै दुर्गम गाउँहरुमा स्वास्थ्य इकाई स्थापना, वर्थिङ्ग सेन्टरको स्थापना, स्वास्थ्य सुरक्षा कार्यक्रम लगायतका कामहरु गरिएको बताउनुभयो । उहाँले सबैको सहयोग र समन्वयले कोभिड १९ को विरुद्ध तथा स्वास्थ्य कार्यक्रममा सहयोग पुगेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago