तिनाउ गाउपालिकाका स्वास्थ्य सस्थाको गत बर्षको कार्य समिक्षा सम्पन्न

पाल्पा–तिनाउ गाउँपालिका अन्तर्गत रहेको ४ वटा स्वास्थ्य चौकी तथा ८ वटा स्वास्थ्य इकाईहरुको आ.व. २०७६।०७७ को कार्यप्रगतिको समिक्ष बैठक तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीको अध्यक्षतामा भएको छ । प्रमुख अतिथि तिनाउ गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी रहनुभएको कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्य कार्यालय पाल्पाका ओमप्रकास पन्थी, प्रभास पन्थी, सुवास दवाडी, स्वास्थ्य संयोजक कृष्ण कार्की, दिनेश घिमिरे लगायतको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि थापाले तिनाउँ गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरीयुक्त गाउँपालिका घोषणा गर्नका लागि काम गरिरहेको सोकै लागि दोभान स्वास्थ्य चौकीमा सुविधान सम्पन्न वर्थिङ्ग सेन्टर संचालन गर्ने तयारी भएको बताउनुभयो । नर्सिङ्ग निरिक्षक रीता कुमारी थापाको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाले कार्यप्रगति तथा आगामि कार्ययोजनाहरु प्रस्तुत गरेको थिए ।

स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर ओम प्रकाश पन्थीले कोभिड १९ का कारण कार्यक्रममा केही असहजता भएता पनि जनप्रतिनिधिहरुको साथ र सहयोगले स्वास्थ्यको क्षेत्रमा काम सन्तोषजनक भएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले स्वास्थ्यलाई तिनाउ सरकारले मुख्य प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले सबै दुर्गम गाउँहरुमा स्वास्थ्य इकाई स्थापना, वर्थिङ्ग सेन्टरको स्थापना, स्वास्थ्य सुरक्षा कार्यक्रम लगायतका कामहरु गरिएको बताउनुभयो । उहाँले सबैको सहयोग र समन्वयले कोभिड १९ को विरुद्ध तथा स्वास्थ्य कार्यक्रममा सहयोग पुगेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago