तानसेनमा बजार अनुगमन, मास्कको मुल्यमा एकरुपता

पाल्पा । बजारमा मास्ककाे मुल्यमा कालाेबजारी गरेको गुनासाे आएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले बजार अनुगमन गरेकाे छ । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा वन्जाडेको संयोजकत्वमा तानसेन बजारका विभिन्न औषधि, खाध्य सामग्री, मासु तथा अन्य प्रकारका सामग्री विक्री वितरण गर्ने पसलहरुको अनुगमन गरेकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनका अनुसार माक्सको मूल्यमा एकरुपता कायम गर्न, पसलमा मूल्य सूची टास गर्न तथा स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाई विक्री वितरण गर्न निर्देशन दिइएको छ ।
अनुगमनमा तानसेन नगरपालिका नि.प्रमुख प्रशासकीय अधिकृत रेशमलाल न्यौपाने, जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत यज्ञश्वर पन्थी, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक लक्ष्मण पचभैया, नगरपालीकाका अधिकृत भरत प्रसाद आचार्य, नेपाल खाद्य प्रविधि तथा गुणास्तर निरिक्षण कार्यालय नि.प्रमुख नरेश श्रेष्ठ, पत्रकार महासंघ, पाल्पाका कोषाध्यक्ष मिलन बिक, संचारकर्मी माधव अर्याल, जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा लक्ष्मण घिमिरे लगायतका ब्यक्तिहरुको सहभािगता रहेकाे थियाे ।
बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने र खाद्यवस्तु मात्र नभई अरु बस्तुहरुको पनी बजार अनुगमन गर्न आवस्यक रहेको छ । ।

bhabindra gautam

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago