शुक्रबार थप दुई सय चाैविस जनामा कोरोना संक्रमण पुष्टि

२०७७, १६ श्रावण शुक्रबार १६:५५

काठमाडाैँ । नेपालमा शुक्रबार थप दुई सय चाैविस जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ५१ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा दुई सय २४ जनामा कोरोना पुष्टि भएको बताए । शुक्रबार  सम्म १४ हजार ३ सय ९९ जना डिस्चार्ज भइसकेका छन । शुक्रबार पीसीआरको परीक्षण गरिएको १० हजार ७ सय ६८  मध्ये थप दुई सय चाैविस जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । यस्तै मृत्यु हुनेको संख्या ५६ पुगेकाेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा जानकारी दिएकाे हाे ।

Comments

ताजा खबर