पछिल्लो २४ घण्टामा थपिए १ सय १६ जना संक्रमित

२०७७, ३१ असार बुधबार १६:५८

काठमाडौं – बुधबार १ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । कुल संक्रमित मध्ये ६ हजार १ सय १४ वटा सक्रिय केशहरु छन् ।

त्यस्तै यस अवधिमा ६ सय ९७ जना निको भई घर फर्किएका छन्। हालसम्म ११ हजार २५ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ। हालसम्म ६४ प्रतिशत निकाे भएकाे मन्त्रालयले जनाएकाे छ।

विगत २४ घण्टामा ५ हजार ९० जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म नेपालमा कुल २ लाख ९८ हजार बढीकाे  पिसिआर परीक्षण भएकाे छ।

त्यस्तै हालसम्म मृतक ३९ जनामा कोरोना पुष्टि भएको छ।

Comments

ताजा खबर