गण्डकी प्रदेशमा संक्रमितको संख्या १२०३ पुग्यो जस मध्ये ८७५ निको भए

२०७७, ३० असार मंगलवार १८:०९

पोखरा । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १२०३ पुगेको छ | पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र जनस्वास्थ्य प्रयोगशाला, हेटौडा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४ जना संक्रमित थपिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । थप संक्रमण भएका २ जना कास्की र २ जना नवलपरासी पुर्बका रहेका छन ।

निर्देशनालयका अनुसार सबै संक्रमितहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।  यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ८७५ पुगेको छ |

Comments

ताजा खबर