आज कोरोनाभाइरसका २५५ जना नयाँ संक्रमित थपिए ,संक्रमित संख्या १६ हजार चार सय २३ पुगेको छ ।

२०७७, २४ असार बुधबार १६:४७

बुधबार कोरोनाभाइरसका २५५ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा चार हजार छ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ५५ जनामा पुष्टि भएको हो।

मंगलबारसम्म कोरोनाका १६ हजार एक सय ६८ संक्रमित थिए। यो संख्या बढेर बुधबार १६ हजार चार सय २३ पुगेको हो।

Comments

ताजा खबर