कृषि यान्त्रिकरणलाई जाेड दिदै कृषि ज्ञान केन्द्र पाल्पा ।

सन्ताेष गहतराज पाल्पा । कृषि ज्ञान केन्द्र पाल्पाले कृषि यान्त्रिकरणलाई जाेड दिदै जिल्लाका तीन गाउँपालिकामा कृषि जन्य सामाग्री,बिषादी तथा बीउ विजन वितरण गरेकाे छ ।

 ज्ञान केन्द्रले तिनाउकाे वडा न ४ झ्याङला,बग्नासकाली वडा न १ र २ र निस्दीकाे वडा न ४ मा सामाग्री प्रदान गरेकाे छ । ज्ञान केन्द्रका सुचना अधिकारी सन्ताेष पाठकका अनुसार  जिल्लाकाे बग्नासकाली गाउँपालिकाकाे वडा न १ र वडा न २ काे मकै बल्क क्षेत्रमा करिब २ हजार राेपनी भन्दा धेरै क्षेत्रफलमा बीउ बिजन तथा अन्य सामाग्री ५० प्रतिशत अनुदानमा प्रदान गरेकाे जसबाट करिब २ सय ४३ घर लाभान्वित भएका छन । ज्ञान केन्द्रले मकै बीउ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने,ब्लक क्षेत्रमा यान्त्रिक करण प्रर्वधन गर्ने र बीउ व्यवसायीकरण गर्न उधेश्यले मिनिटिलर ६ थान,हातले मकै छाेडाउने मेसिन १८ थान,हाते काेदालाे १ सय  थान,कम्बाइल मिल १० थान,डिजिटल तराजु १८ थान,सिडविन १ सय धान,स्प्रेयर २९ थान,सानाे हसिया ५० थान र ठुलो हसिया ५० थान वितरण गरेकाे छ ।

त्यस्तै तिनाउ गाउँपालिकाकाे वडा न २ काे झ्याङलामा स्मार्ट कृषि  गाउँ समन्वय समितिलाई अा व २०७६/७७ काे बजेटबाट मिनिटिलर ३ वटा ,कम्बाइन मिल १ वटा  प्रदेश सरकारबाट ७० प्रतिशत अनुदानमा वितरण गरिएको र यसबाट झ्याङलाका करिब ८३ घरपरिवार लाभान्वित भएकाे छन । त्यस्तै निस्दी गाउँपालिकाकाे वडा न ४ काे मकै पकेट क्षेत्र धाक्रेदमारमा पनि अनुदानमा बीउ तथा यन्त्र वितरण गरेको छ । ज्ञान केन्द्रले धाक्रदमारकाे करिब २ सय ७४.४ क्षेत्रफलमा बीउ तथा अाैजार प्रदान गरेको र यसबाट करिब २६ घरपरिवार लाभान्वित भएका छन । ज्ञान केन्द्रले अनुदानमा १७ वटा मिनिटिलर,कम्बाइन मिल १ वटा,विधुतीय मकै छाेडाउने मेसिन २ वटा,काेदालाे ५२ वटा वितरण गरेकाे केन्द्रका सुचना अधिकारी पाठकले गाेर्खाली भ्वाइससँगकाे कुराकानीमा बताउनु भयाे ।

ज्ञान केन्द्र प्रमुख शिव प्रसाद अर्यालले ज्ञान केन्द्रले कृषि उत्पादनलाई बढाउन ज्ञान केन्द्रले  पालिकाहरूमा कृषि पकेट क्षेत्रकाे छनाेट गरि जन्य सामाग्री वितरण गरेकाे बताउनु भयाे । साथै गत अा ब भुमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट अार्थिक सहयाेग ,कृषि ज्ञान केन्द्र पाल्पाको सहजीकरणमा कृषक समुहलाई ७५ प्रतिशत २०४ मिनिटिलर वितरण गरिएको बताउनुभयो । साथै प्रमुख अर्यालले काेराेनाले गर्दा बन्दा बन्दी भए सँगै मानिसहरू कृषिमा उत्प्रेरित भइरहेको बेला थप उत्प्रेरणा मिलाेस भनी ज्ञान केन्द्रले पकेट क्षेत्रमा कृषि जन्य अाैजार तथा बीउ बिजन वितरण गरिएको पनि बताउनु भयाे । साथै ज्ञान केन्द्रले कृषिमा यान्त्रिकरणलाई जाेड दिएको पनि बताउनु भयाे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago