पाल्पा – जिल्लाकाे तिनाउ गाउँपालिकाले पालिका भित्रकाल विपन्न दलित समुदायकाे पहिचान गरी आयआर्जनका लागि बाख्रा र सिलाइ मेसिन तथा आरन वितरण गरेकाे छ ।
गाउँपालिकाले तिनाउ गाउँपालिका दलित समन्वय समितिकाे आयाेजनामा दलित समुदायका विपन्न परिवारलाइ पशुपालन गरेर आयआर्जन गर्न ३२ वटा बाख्रा वितरण गरिएकाे गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले वडा नं. १ देखि ६ वडासम्मका विपन्न परिवारलाइ १० वटा सिलाइ मेसिन कल, १० वटा आरन प्रदान गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठले विपन्न परिवारलाइ बाख्रा, कल र आरन प्रदान गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै प्रवक्ता श्रेष्ठले गाउँपालिकाले प्रदान गरेकाे मेसिनकाे उपयाेग गरेर आम्दानी बढाउँदै व्यावसायिक बन्न आग्रह गर्नुभयाे । साथै विपन्न समुदायकाे चाहना र माग अनुसार गाउँपालिकाले काम गरिरहेकाे उल्लेख गर्नुभयाे । साथै समाजमा रहेकाे विभेद् विपन्नता हटेपछि हट्ने बताउनुभयाे ।
लक्षित समुदायलाइ बाख्रा, मेसिन वितरण कार्यक्रम माेहन विककाे अध्यक्षता, छमानबहादुर विककाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । तिनाउ गाउँपालिकाबाट विनियोजित ४ लाखबाट आयआर्जनका लागि बाख्रा, आरन र सिलाइ मेसिन वितरण गरिएकाे हाे ।गाउँपालिकाले सामाग्री दिए पछि स्थानीय दलित समुदायका व्यक्तिहरू खुशी भएका छन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…