तिनाउ गाउपालिकाले विपन्न दलित समुदायलाई आय आर्जन गर्न बाख्रा, सिलाइ मेसिन र आरन प्रदान ।

२०७७, २३ असार मंगलवार १३:१९

पाल्पा – जिल्लाकाे तिनाउ गाउँपालिकाले पालिका भित्रकाल विपन्न दलित समुदायकाे पहिचान गरी  आयआर्जनका लागि बाख्रा र सिलाइ मेसिन  तथा आरन वितरण गरेकाे छ ।

गाउँपालिकाले  तिनाउ गाउँपालिका दलित समन्वय समितिकाे आयाेजनामा दलित समुदायका विपन्न परिवारलाइ पशुपालन गरेर आयआर्जन गर्न ३२ वटा बाख्रा वितरण गरिएकाे गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले वडा नं. १ देखि ६ वडासम्मका विपन्न परिवारलाइ १० वटा सिलाइ मेसिन कल, १० वटा आरन प्रदान गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठले विपन्न परिवारलाइ बाख्रा, कल र आरन प्रदान गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै प्रवक्ता श्रेष्ठले  गाउँपालिकाले प्रदान गरेकाे मेसिनकाे उपयाेग गरेर आम्दानी बढाउँदै व्यावसायिक बन्न आग्रह गर्नुभयाे । साथै विपन्न समुदायकाे चाहना र माग अनुसार गाउँपालिकाले काम गरिरहेकाे उल्लेख गर्नुभयाे । साथै  समाजमा रहेकाे विभेद् विपन्नता हटेपछि हट्ने बताउनुभयाे ।

लक्षित समुदायलाइ बाख्रा, मेसिन वितरण कार्यक्रम माेहन विककाे अध्यक्षता, छमानबहादुर विककाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । तिनाउ गाउँपालिकाबाट विनियोजित ४ लाखबाट आयआर्जनका लागि बाख्रा, आरन र सिलाइ मेसिन वितरण गरिएकाे हाे ।गाउँपालिकाले सामाग्री दिए पछि स्थानीय दलित समुदायका व्यक्तिहरू खुशी भएका छन ।

Comments

ताजा खबर