तिनाउ गाउँपालिकाले १४० बेडकाे क्वारेन्टाइन निर्माण ।

२०७७, २४ जेष्ठ शनिबार २०:२८

सन्ताेष गहतराज , पाल्पा ।जिल्लाकाे तिनाउ गाउँपालिकाले भारत लगाएत विभिन्न देशहरूबाट आएका नागरिकहरूलाई राख्नकाे लागि १ सय ४० बेडकाे क्वारेन्टाइन स्थापना गरेको छ ।

जसमा वडा न १ कचलमा युवासाथी मा विमा २० सेट,वडा न २ काे दाेभान मा विमा ३० बेड,वडा न ३ काे तिलाेतमा मा विमा झुम्सामा २५ बेड,वडा न ४ काे पृथ्वी प्रकाश मा विमा सत्यवती मा विमा २० बेड,वडा न ५ काे चाैविस माइलकाे कल्याणी आधारभुत  विधालयमा २५ बेड तथा वडा न ६ काे मस्याम मा विमा २० बेड गरि १ सय ४० बेड सहितको क्वारेन्टाइन स्थापना गरिएको छ । हाल तिनाउ गाउँपालिकामा करिब १०० जना नागरिकहरू क्वारेन्टाइन रहेकाे र कतिपय नागरिकहरू १४ दिन पछि घर पठाइएको र अझै धेरै नागरिकहरू आउने क्रमलाई मध्ये नजर गरि गाउँपालिकाले थप १ सय ४० बेडकाे क्वारेन्टाइन स्थापना गरेकाे गाउँपालिकाले जनाएको छ । अहिले तिनाउकाे सबै वडामा गरेर १४५८ भारत लगाएत अन्य देशहरूमा रहेको छन । हाल गाउँपालिकामा १सय ५० जना गाउँमा फर्केका छन । हाल क्वारेन्टाइन रहेका नागरिकहरूलाई  गाउँपालिकाले चिया,नास्ता,खानाकाे साथसाथै बेड बिस्तरा सहित खाना पकाउने व्यक्तिको व्यवस्था गरिएको ,बेलाबेलामा स्वास्थ परिक्षण गरिएको र हाल सम्म सबै नागरिकहरूकाे स्वास्थ्य सामान्य रहेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तिले गाेर्खाली भ्वाइससँगकाे कुराकानीमा जानकारी दिनु भयाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु