सन्ताेष गहतराज, पाल्पा । तिनाउ गाउँपालिकाले आफ्नो गाउँपालिकालाई आगामी ३ बर्ष भित्र नमुना गाउँपालिका बनाउने याेजना गर्दै ७ औ गाउँसभा समापन गरेको छ ।
यही असार ८ गते प्रदेश सांसद तुलाराम घर्ती मगरबाट उद्घाटन गरिएको सभामा गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरबाट प्रस्तुत नीति तथा कार्यक्रम सुझाब सहित पारित गरिएको थियाे । १० गते गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाबाट प्रस्तुत २०७७/०७८ काे लागि प्रस्तुत बजेट ,त्यस पछि कृषि,पशु,शिक्षा,स्वास्थ ,सहकारी लगायतका बिषयगत शाखाबाट प्रस्तुत बजेट तथा कार्यक्रम क्रमश छलफल गर्दै २२ गते आ ब २०७७/७८ काे बजेट तथा कार्यक्रम सर्वसहमतिले पास गर्दै सभा समापन गरिएको हाे । समापन सभामा गाउँपालिकाका सदस्यहरू अमर तरामु,राम बहादुर पल्ली,शान्ति वि क ,हेम बहादुर दर्लामी लगाएतले आफ्नो जिज्ञासा राखेका थिए ।
गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरकाे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दमयन्ती थापा,गाउँपालिकाका प्रबक्ता राजेश श्रेष्ठ,वडा अध्यक्षहरू राेम बहादुर लम्तरी,दान बहादुर गाहा,दल बहादुर दर्लामी र टाेप बहादुर पुनले समापन मन्तव्य राखेका थिए । कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीकाे सञ्चालन भएको थियाे ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…