तिनाउ गाउपालिकाको गाउँसभा समापन ।

सन्ताेष गहतराज, पाल्पा । तिनाउ गाउँपालिकाले आफ्नो गाउँपालिकालाई आगामी  ३ बर्ष भित्र नमुना गाउँपालिका बनाउने याेजना गर्दै ७ औ गाउँसभा समापन गरेको छ ।

यही असार ८ गते प्रदेश सांसद तुलाराम घर्ती मगरबाट उद्घाटन गरिएको सभामा गाउँपालिका अध्यक्ष ओम  बहादुर घर्ती मगरबाट प्रस्तुत नीति तथा कार्यक्रम सुझाब सहित पारित गरिएको थियाे । १० गते गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाबाट प्रस्तुत २०७७/०७८ काे लागि प्रस्तुत बजेट ,त्यस पछि कृषि,पशु,शिक्षा,स्वास्थ ,सहकारी लगायतका बिषयगत शाखाबाट प्रस्तुत बजेट तथा कार्यक्रम क्रमश छलफल गर्दै २२ गते आ ब २०७७/७८ काे बजेट तथा कार्यक्रम सर्वसहमतिले पास गर्दै सभा समापन गरिएको हाे । समापन सभामा गाउँपालिकाका सदस्यहरू अमर   तरामु,राम बहादुर पल्ली,शान्ति वि क ,हेम बहादुर दर्लामी लगाएतले आफ्नो जिज्ञासा राखेका थिए ।

गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरकाे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दमयन्ती थापा,गाउँपालिकाका प्रबक्ता राजेश श्रेष्ठ,वडा अध्यक्षहरू राेम बहादुर लम्तरी,दान बहादुर गाहा,दल बहादुर दर्लामी र टाेप बहादुर पुनले समापन मन्तव्य राखेका थिए । कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीकाे सञ्चालन भएको थियाे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago