शनिबार थपिए कोरोनाका दुई सय ३२ संक्रमित कुल संक्रमित संख्या १५ हजार चार सय ९१ पुगेको छ।

२०७७, २० असार शनिबार १६:३५

कोरोनाभाइरसका थप दुई सय ३२ जना संक्रमित थपिएका छन्।

शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार दुई सय ५९ थियो। यो संख्या बढेर शनिबार १५ हजार चार सय ९१ पुगेको हो।

देशभरका २३ वटा प्रयोगशालाबाट चार हजार ५० जनामा गरिएको पिसिआर परीक्षणमा शनिबार उक्त संख्यामा कोरोना संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

आइसोलेसनमा ९ हजार ४२ जना छन्। अहिलेसम्म छ हजार चार सय १५ जना कोरोना निको भएर घर फर्किसकेको डाक्टर गौतमले जानकारी दिए। विगत २४ घण्टामा ७२ जना कोरोना निको भएका थिए।

विगत २४ घण्टामा दुई जनाको मृत्यु भएर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

Comments

ताजा खबर