विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा होटल क्वरेन्टिनमा बस्नेहरुको लागि ४७ वटा होटलको नाम सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको होटलको सूची सार्वजनिक गरेका हो।
सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २७ होटलहरु छन् ।
काठमाडौं जिल्ला प्रशासनले होटलको सूची सार्वजनिक गरेपनि होटलसँग समन्वय भने नभएको होटल व्यावसायी बताउँछन । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह भन्छन ‘समुदायबाट विरोध हुने अवस्था आएको छ। त्यसको सरकारले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ।’
| होटल को प्रकार | १ बेड (प्रति व्यक्ती) | २ बेड (प्रति व्यक्ती) |
| ४ तारे | ८ हजार | ५ हजार |
| ३ तारे | ६ हजार | ३ हजार ५ सय |
| २ तारे | ५ हजार | २ हजार ५ सय |
| १ तारे | ४ हजार | २ हजार ५ सय |
साथै पर्यटकीय स्तरका होटलहरूको हकमा एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएको छ। यो मूल्यमा कर समेत जाडिएको हानले जनाएको छ।
यो मुल्यमा चार पटकसम्मको खाना र खाजा समावेश गरिएको छ ।
साथै पर्यटकीय स्तरका होटलहरूको हकमा एक्लैको लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएको छ। यो मूल्यमा कर समेत जाडिएको हानले जनाएको छ।
यो मुल्यमा चार पटकसम्मको खाना र खाजा समावेश गरिएको छ
हेर्नुहोस् होटलहरुको सूची
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…