सात प्रदेशमा अटोमेटेड मेसिन राख्ने सरकारको तयारी

काठमाडौं । भारतमा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम बढेसँगै नेपालमा संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । यो अवस्था कोरोना परीक्षणको दायरा बढाउन र छिटो नतिजाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अटोमेटेड मेसिन जडान र पीसीआर मेसिन थपगर्ने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दायरा तीव्र बनाउन र छिटो नतिजाका लागि मन्त्रालयले मेसिन खरिद प्रक्रिया अघि बढाएको नियमित प्रेस ब्रीफिङ्गको क्रममा बताए । उनका अनुसार सातवटै प्रदेशमा नमूना परीक्षण गर्ने अटोमेटेड मेसिन राखिने छ । हालसम्म २१ स्थानबाट पीसीआर परीक्षणको काम भइरहेपनि क्षमता अनुसार परीक्षण र नतिजा प्राप्त हुन सकेको छैन । अटोमेटेड मेसिन जडान भएपछि नमूना परीक्षणमा भइरहेको ढिलाइ कम हुने र थप व्यवस्थापन हुने देवकोटाको भनाई छ ।

दैनिक रुपमा धेरै मात्रामा नमूना आउने र परीक्षण कम हुने भएकाले समयमा नतिजा नआउदा समुदाय त्रसित भएको अवस्थामा अटोमेटेड मेसिन जडान भएपछि समुदायको त्रास कम हुने अपेक्षा गरिएको छ ।

bhabindra gautam

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago