एजेन्सी, बैशाख २४ । बेलायतमा कोरोना भाइरसबाट युरोपकै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यसअघि इपिसेन्टर मानिएको इटालीलाई पनि उछिन्दै बेलायतमा मृत्यु हुनेको संख्या २९ हजार ४२७ पुगेको हो ।
इटालीमा भने कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ३१५ छ । संक्रमितमा भने इटालीमा २ लाख १३ हजार नाघ्दा बेलायतमा १ लाख ९५ हजार पुगेको छ ।
कोरोना भाइरससम्बन्धी दैनिक विवरण सार्वजनिक गर्दै ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले यसलाई ठूलो विपदको संज्ञा दिए । ब्रिटेनमा मृतकको संख्या इटलीमा भन्दा तीव्र गतिमा वृद्धि भएको जनाइएको छ ।
संसारमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३ सय नाघेको छ भने संक्रमित ३७ लाख २८ हजार कटेको छ । १२ लाख ४२ हजार मानिस भने उपचारपछि घर फर्किएका छन् ।
सबैभन्दा बढी मानिसको मृत्यु भने अमेरिकामा ७२ हजार २ सय नाघेको छ । १२ लाख ३७ हजारभन्दा बढी मानिस संक्रमित छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…