सन्ताेष गहतराज, पाल्पा २३, बैसाख । पाल्पाको रम्भा गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरे पछि स्थानीय नागरिकहरू खुशी भएका छन । विश्वमा माहामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे जाेखिमकाे कारण सरकारले गरेकाे बन्दा बन्दीकाे कारण सुरक्षा भत्ता वितरणमा राेकिएकाे समयमा रम्भा गाउँपालिकाले पालिका भित्रका नागरिकहरूकाे घरघरमा गएर राहत वितरण गरेकाे हाे । गाउँपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता नागरिकहरूकाे घरमै गएर वितरण गरिरहेको छ ।
गाउँपालिकाका पाँच वडामा जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको हो । लकडाउनका कारण समस्यामा परेका नागरिक अहिले घरमै आएर जनप्रतिनिधि र कर्मचारीले भत्ता दिँदा स्थानीय नागरिकहरू संकटकाे बेला सरकार आयाे भनी खुशी भएका छन ।
गाउँपालिकाले पालिका भित्रका दीर्घरोगी र नियमित औषधि सेवन गरिरहेका नागरिकलाई पनि घरघरमा पुगेर निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । मुटु, दम, रक्तचाप, थाइराइड र युरिक एसिडका बिरामीलाई सोहीअनुसारका औषधि तथा सुत्केरी र गर्भवती महिलालाई आइरन चक्की वितरण गरिने गाउँपालिकाले जनाएको छ । यसरी रम्भा गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरे पछि गाउँपालिकाका जेष्ठ नागरिक, एकल महिलाहरूले दुखकाे बेला सरकार आयाे भनि खुशी भएका छन ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…