रम्भा गाउँपालिकाद्वारा घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

सन्ताेष गहतराज, पाल्पा २३,  बैसाख । पाल्पाको रम्भा गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरे पछि स्थानीय नागरिकहरू खुशी भएका छन । विश्वमा माहामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे जाेखिमकाे कारण सरकारले गरेकाे बन्दा बन्दीकाे कारण सुरक्षा भत्ता वितरणमा राेकिएकाे समयमा रम्भा गाउँपालिकाले पालिका भित्रका नागरिकहरूकाे घरघरमा गएर राहत वितरण गरेकाे हाे । गाउँपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता नागरिकहरूकाे घरमै गएर वितरण गरिरहेको छ ।

गाउँपालिकाका करिब २ हजार ५ सय ५७ जनालाई घरमै पुगेर भत्ता वितरण भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । काेराेनाकाे जाेखिमलाई मध्ये नजर गरेर सामाजिक दूरी कायम गरी स्यानिटाइजर, मास्क, पञ्जालगायत सामग्रीका साथ भत्ता वितरण भएको छ ।

गाउँपालिकाका पाँच वडामा जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको हो । लकडाउनका कारण समस्यामा परेका नागरिक अहिले घरमै आएर जनप्रतिनिधि र कर्मचारीले भत्ता दिँदा स्थानीय नागरिकहरू संकटकाे बेला सरकार आयाे भनी खुशी भएका छन ।

गाउँपालिकाले पालिका भित्रका दीर्घरोगी र नियमित औषधि सेवन गरिरहेका नागरिकलाई पनि घरघरमा पुगेर निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । मुटु, दम, रक्तचाप, थाइराइड र युरिक एसिडका बिरामीलाई सोहीअनुसारका औषधि तथा सुत्केरी र गर्भवती महिलालाई आइरन चक्की वितरण गरिने गाउँपालिकाले जनाएको छ । यसरी रम्भा गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरे पछि गाउँपालिकाका जेष्ठ नागरिक, एकल महिलाहरूले दुखकाे बेला सरकार आयाे भनि खुशी भएका छन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago