बुरुक्क बुरुक्क गर्दै गाउँमा, सिंह उफ्रेको देखेँ
सकल मनुष्य त्रासले आज, कुटिमै थुप्रिएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
बिचरा ! मानवता त मरिचझैँ, चाउरिएको देखेँ
घमण्ड अहमपन भने, जताततै बहुरिएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
शान्ति र सद्भाव त, लोकबाटै लोप भएको देखेँ
मान्छे भित्र-भित्रै रिसले, क्षोभ भएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
मानिसहरु आँखा चिम्लेर अन्धभक्त भएको देखेँ
आफ्नो निहित स्वार्थमा आशक्त भएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
शिक्षितभन्दा अशिक्षित सभ्य भएको देखेँ
जगतभर बन्दाबन्दीको त्रास भव्य भएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
मजदुरहरु खाली खुट्टा पोको बोकी रुँदै हिडेको देखेँ
तिनका खाली पेट र फुटेका खुट्टाले मन छुदै हिडेको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
फेसबुकका भित्ताहरुमा मानिस नाङ्गिएको देखेँ
नियालेर हेर्दाखेरी उसको बिचार पनि बाङ्गिएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
देउताले मानिस र मानिसले देउता बनाएको देखेँ
मानिसले नै धर्म, संस्कृति र परम्परा चोइटाे बनाएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
आखैँ अगाडि आएर काल मडारिएको देखेँ
मृत्युबाहेक सबै कुरा नयनबाट बढारिएको देखेँ
आज मैले कहिल्यै नसोचेकोको सपना देखेँ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…