धुम्बाराही बैठकमा प्रचण्डको ब्रिफिङ- ‘मैले सचिवालय बैठक बोलाए पार्टी फुटको घोषणा हुन्छ रे ,प्रचण्ड

काठमाडौंकात्तिक २१  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा सम्पन्न भएको छ । सचिवालय बैठक बोलाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई पटकपटक आग्रह गरे पनि सहमति नभएपछि शुक्रबार प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् ।

फाइल फोटो

धुम्बाराहीमा भएको बैठकमा प्रचण्डले अध्यक्ष ओलीले औपचारिक बैठक बोलाए पार्टी फुटको बिन्दु त्यही हुने भन्दै चेतावनी दिएको ‘ब्रिफिङ’ गरेका छन् । ‘पटकपटक प्रयास गर्दा पनि हिजोसम्म अध्यक्ष ओलीले बैठक बस्न सहमति दिनु भएन’, बैठकबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सहमति नभएको अवस्थामा कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाएर बस्नुभयो भने त्यो नै पार्टी फुट घोषणाको बिन्दु हुने भनेर भन्नु भएको कुरा अध्यक्ष प्रचण्डले आज जानकारी दिनुभयो ।’

पार्टी एकताको अवस्थालाई सहमतिकै माध्यमबाट कायम गर्नुपर्ने भन्दै प्रचण्डले शुक्रबारका लागि अनौपचारिक बैठक बोलाएको श्रेष्ठको भनाइ छ । धुम्बाराही बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष पाँच नेता सहभागी थिए । बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका हुन ।

अध्यक्ष ओलीले बैठक उपस्थित नहुने जानकारी गराएका थिए भने अन्य तीन सचिवालय सदस्य बैठकमा सहभागी भएनन् । धुम्बाराही छलफलमा सहभागी नभएका महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ सिंहदरबारको छुट्टै छलफलमा सहभागी थिए ।  बिहीबार बालुवाटारमा प्रधानमन्‍त्रीसँगको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने बताउँदा प्रधानमन्त्री ओलीले भने बैठक जरूरी नभएको बताएका थिए। बिहीबारको बालुवाटार सम्वाद थप तिक्कतापूर्ण भएपछि प्रचण्ड सचिवालय बैठक बोलाउने निष्कर्षमा पुगेका हुन्।

प्रधानमन्त्री ओलीले पनि आफूविरुद्ध कहाँ केके भइरहेको छ भन्‍ने बारे सबै सूचना आफूसँग भएको बताउँदै  खुमलटार र कोटेश्वरमा गुटगत भेला र बैठक गरेर विभाजन ल्याउन खोजेको आरोप लगाएका थिए। ओलीले आफूलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको तर आफू पछि नहट्ने बताएका थिए। अहिले पार्टी बैठक बोलाउने र भदौ २६ मा स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्ने विषय मात्रै आफूहरूले उठाए पनि राजीनामाको उठ्दै नउठेको विषय किन उठाएको भन्दै दाहालले ओलीसँग आपत्ति जनाएका थिए।

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूतहरु नियुक्त गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै  प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ। धुम्बाराही बैठकमा यी र यिनै विषयमा छलफल भएको जानकारी श्रेष्ठले दिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago