फाइल फोटो
विराटनगर, कात्तिक २१ । प्रदेश सरकारले यातायात व्यवसायीका माग सम्बोधन नगरेको भन्दै कात्तिक २३ गतेदेखि अनिश्चितकालिन यातायात बन्दको घोषणा गरिएको छ।
प्रदेश सरकारले राहत नदिएको विरोधमा व्यवसायीले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका हुन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले आफ्ना माग सम्बोधनका लागि पटक पटक सरकारलाई आग्रह गरे पनि अटेर गरेका कारण बन्द गर्ने निर्णय भएको महासचिव रमेश खत्रीले जानकारी दिए।
लकडाउन अवधिको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको ब्याजमा सहुलियत दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा बिलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने लगायत ९ बुँदे माग सम्बोधन नभएपछि यातायत बन्द गर्न लागिएको उनले बताए। खत्रीले आइतबारबाट बस, टेम्पो, सिटी सफारी, ढुवानीका साधनलगायत सबै बन्द हुने बताएका छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…