काठमाडौं । नेपाली कांग्रेसका थप छ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो बिहीबार केन्द्रीय सदस्य, पार्टीकार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएकोमा ६ जना केन्द्रीय सदस्यमा संक्रमण पुष्टि भएको हो ।
केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, श्याम घिमिरे, किरण यादव, सुजाता परियार, नसिर सिद्धिकी र कृष्ण किसोर घिमिरेमा संक्रमणदेखिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । छ जना केन्द्रीय सदस्यसँगै एकजना नेताका सुरक्षाकर्मी र एकजना चालकको पनिरिपोर्ट पनि पोजेटिभ आएको छ । केन्द्रीय सदस्य मीन विश्वकर्माको ग्रान्डी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यसअघि केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको थियो । शुक्रबारका लागिबोलाइएको बैठक नेताहरुका सहमति जुटन नसकेपछि बैठक भने २४ गतेलाई सारिएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…