झापामा सशुल्क कोरोना परीक्षण गराउने बढ्दै

झापा, कोभिड१९ को सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा सशुल्क कोरोना परीक्षण गराउने बढेका छन् मेची प्रादेशिक अस्पताललेसञ्चालन गरेका दुई वटा पीसीआर प्रयोगशालामा सशुल्क कोरोना परीक्षण गराउने बढेका हुन् अस्पतालमै रहेको पीसीआरप्रयोगशालाले एक महिना अघिदेखि नै सशुल्क परीक्षण गराउँदै आएको थियो भने कनकाईको प्रयोगशालाले गत कात्तिक गतेदेखिसशुल्क परीक्षण शुरु गरेको हो

दुवै प्रयोगशालामा गरी हालसम्ममा एक हजार ४२५ बढीले सशुल्क सेवा लिएका छन् अस्पतालमै रहेको प्रयोगशालामा एक हजार बढी कनकाई पीसीआर प्रयोगशालामा ४२५ बढीले सेवा लिइसकेका छन् गरीब, असहाय, आइसोलेनमा रहेका, स्वास्थ्यकर्मी, प्रहरीलगायत फ्रन्ट लाइनमा काम गर्नेहरुको सरकारले निःशुल्क परीक्षण गरिरहेको ”, मेची प्रादेशिक अस्पतालका मेडिकलसुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले भन्नुभयो, “निजी कामका लागि काठमाडौंलगायत अन्य ठाउँमा जाने, छिमेकीलाई कोरोना भएकोकारण शंका लागेर आउनेले सशुल्क परीक्षण गर्नुहुन्छु

उहाँले मेचीमा दैनिक ३० देखि ४० जनाले सशुल्क सेवा लिँदै आएको बताउनुभयो पछिल्लो समय अस्पतालमा रहेको प्रयोगशालामाभन्दा बढी कनकाई पीसीआर प्रयोगशालामा सशुल्क सेवा लिने बढी आउन थालेका छन् कनकाई पीआर प्रयोगशालाका स्वास्थ्यकर्मीइन्द्रहरि भट्टराईका अनुसार दैनिक ५० देखि ६० जनाले सशुल्क सेवा लिइरहेका छन् रिर्पोट चाँडो चाहिएका सिकिस्त विरामीआउँछन्”, उहाँले भन्नुभयो, “निःशुल्क गर्दा रिर्पोट ढिलो हुन्छ सशुल्क गर्दा चाडै आउँछ त्यही भएर सशुल्क गर्नेको संख्या बढ्न थालेको स्वाब परीक्षण गरेको १२ घण्टा भित्रमा सशुल्क गराउनेको रिर्पोट दिइने गरेको उहाँले बताउनुभयो

उहाँले किट, केमिकल रिएजेन्टको समस्या हुँदा निःशुल्क परीक्षण गराउनेको रिर्पोट ढिलो हुने गरेको बताउनुभयो कनकाई कोभिडनियन्त्रण एवम् व्यवस्थापन समितिका सदस्य सचिव लक्ष्मी अधिकारीले विर्तामोड, शिवसतासी, अर्जुनधारा नगरपालिका झापागाउँपालिकाबाट यस प्रयोगशालामा परीक्षण गर्ने बढी आउने गरेको बताउनुभयो उहाँका अनुसार कनकाई पीसीआर प्रयोगशालामासशुल्क सेवा लिनबाट हालसम्ममा रु आठ लाख ५० हजार सङ्कलन भइसकेको सो रकमबाट नै आवश्यक किट, केमिकललगायतसामाग्री खरिद गर्ने गरिएको उहाँले जानकारी दिनुभयो।

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago