झापामा सशुल्क कोरोना परीक्षण गराउने बढ्दै

झापा, कोभिड१९ को सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा सशुल्क कोरोना परीक्षण गराउने बढेका छन् मेची प्रादेशिक अस्पताललेसञ्चालन गरेका दुई वटा पीसीआर प्रयोगशालामा सशुल्क कोरोना परीक्षण गराउने बढेका हुन् अस्पतालमै रहेको पीसीआरप्रयोगशालाले एक महिना अघिदेखि नै सशुल्क परीक्षण गराउँदै आएको थियो भने कनकाईको प्रयोगशालाले गत कात्तिक गतेदेखिसशुल्क परीक्षण शुरु गरेको हो

दुवै प्रयोगशालामा गरी हालसम्ममा एक हजार ४२५ बढीले सशुल्क सेवा लिएका छन् अस्पतालमै रहेको प्रयोगशालामा एक हजार बढी कनकाई पीसीआर प्रयोगशालामा ४२५ बढीले सेवा लिइसकेका छन् गरीब, असहाय, आइसोलेनमा रहेका, स्वास्थ्यकर्मी, प्रहरीलगायत फ्रन्ट लाइनमा काम गर्नेहरुको सरकारले निःशुल्क परीक्षण गरिरहेको ”, मेची प्रादेशिक अस्पतालका मेडिकलसुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले भन्नुभयो, “निजी कामका लागि काठमाडौंलगायत अन्य ठाउँमा जाने, छिमेकीलाई कोरोना भएकोकारण शंका लागेर आउनेले सशुल्क परीक्षण गर्नुहुन्छु

उहाँले मेचीमा दैनिक ३० देखि ४० जनाले सशुल्क सेवा लिँदै आएको बताउनुभयो पछिल्लो समय अस्पतालमा रहेको प्रयोगशालामाभन्दा बढी कनकाई पीसीआर प्रयोगशालामा सशुल्क सेवा लिने बढी आउन थालेका छन् कनकाई पीआर प्रयोगशालाका स्वास्थ्यकर्मीइन्द्रहरि भट्टराईका अनुसार दैनिक ५० देखि ६० जनाले सशुल्क सेवा लिइरहेका छन् रिर्पोट चाँडो चाहिएका सिकिस्त विरामीआउँछन्”, उहाँले भन्नुभयो, “निःशुल्क गर्दा रिर्पोट ढिलो हुन्छ सशुल्क गर्दा चाडै आउँछ त्यही भएर सशुल्क गर्नेको संख्या बढ्न थालेको स्वाब परीक्षण गरेको १२ घण्टा भित्रमा सशुल्क गराउनेको रिर्पोट दिइने गरेको उहाँले बताउनुभयो

उहाँले किट, केमिकल रिएजेन्टको समस्या हुँदा निःशुल्क परीक्षण गराउनेको रिर्पोट ढिलो हुने गरेको बताउनुभयो कनकाई कोभिडनियन्त्रण एवम् व्यवस्थापन समितिका सदस्य सचिव लक्ष्मी अधिकारीले विर्तामोड, शिवसतासी, अर्जुनधारा नगरपालिका झापागाउँपालिकाबाट यस प्रयोगशालामा परीक्षण गर्ने बढी आउने गरेको बताउनुभयो उहाँका अनुसार कनकाई पीसीआर प्रयोगशालामासशुल्क सेवा लिनबाट हालसम्ममा रु आठ लाख ५० हजार सङ्कलन भइसकेको सो रकमबाट नै आवश्यक किट, केमिकललगायतसामाग्री खरिद गर्ने गरिएको उहाँले जानकारी दिनुभयो।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago