डोटीमा करदाता सेवा कार्यालय स्थापनाः स्थानीयवासीलाई सहज

डोटी, डोटीका .नागरिकलाई करसम्बन्धी सेवा लिन अब जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको

सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको दिपायल सिलगढी नगरपालिका छाउनीमा करदाता सेवा कार्यालय स्थापना गरेसँगै योबाध्यता हटेको हो

कार्यालयले सेवा शुरु गरेपछि कर सम्बन्धि सामान्य कामदेखि व्यक्तिगत स्थायी लेखा नम्बर लिनका लागि यहाँका सेवाग्राहीलाईकैलाली जानुपर्ने बाध्यता पनि हटेको कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर लिन कर तिर्न अहिले सेवाग्राहीको भीड लाग्नथालेको सिलगढीका स्थानीयबासी सिद्धराज जोशीले जानकारी दिनुभयो

आन्तरिक राजस्व सम्बन्धि सम्पूर्ण कार्यहरू गर्ने गरी जिल्लाको दिपायल सिलगढी नगरपालिका छाउनी स्थित कोष तथा लेखानियन्त्रण कार्यालय नजिक रहेको सडक डिभिजनको भवनबाट कार्यालयले आफ्नो सेवा प्रवाह गरिरहेको कार्यालय प्रमुख हरि शर्मालेबताउनुभयो उहाँले भन्नुभयो, “डोटीका नागरिकलाई जिल्लामै सेवा दिने उद्देश्यले हामीले सिलगढीमा कार्यालय सञ्चालन गरी सेवादिन शुरु गरेका छौँ, अब कर सम्बन्धि सामान्य कामका लागि कैलाली जानुपर्ने बाध्यता हटेको

कार्यालयले व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर, भ्याट दर्ता, अन्तःशुल्क दर्ता, कर चुक्ता प्रमाण पत्र, करदाताशिक्षालगायत सेवा दिने कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो कार्यालयले सेवा शुरु गरेसँगै उक्त कार्यालयबाट पहिलोव्यवसायिक स्थायी लेखा नम्बर दिपायल सिलगढी नगरपालिका गोसेडाकी हरूदेवी साउदले लिनुभएको उहाँले कृषि पशुपन्छीफर्मको नाममा स्थायी लेखा नम्बर लिनुभएको बताइएको

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago