किटजन्य रोगको अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

कञ्चनपुर, किटजन्य रोगको अनुसन्धानका लाागि कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली परिचालन भएको

औलो, कालाजार, डेंगु, चिकनगुनिया, जापनिज इन्सेफ्लाइटिस, स्क्रव टाइफस सार्ने किट (बाहक) सङ्कलन गरी अनुसन्धानटोलीले अध्ययनको कार्य गरिरहेको गत वर्ष औलो कालाजारका बिरामी देखिएका भीमदत्त नगरपालिका१० जिमुवा बेदकोटनगरपालिकाको वडा नं मा इन्टोमोजोलिष्टसहित निर्देशनालयको १२ सदस्यीय टोलीले अनुसन्धानको कार्यलाई अगाडि बढाएको किटजन्य रोग सार्ने किटको खोजी गरी प्रयोगशालामा ल्याएर रोग सार्ने अवस्थाका बारे अध्ययन अनुसन्धानको कार्य भैरहेको”, निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले भन्नुभयो, “किटको अवस्था बारे अध्ययन गरी निर्देशनालयलाई प्रतिवेदनबुझाउँछौं प्रतिवेदनका आधारमा अध्ययन गरिएका क्षेत्रमा सोही अनुसार किटजन्य रोग नियन्त्रणका लागि आवश्यकताका आधारमाकार्यक्रम सञ्चालन गरिनेछन

भीमदत्त नगरपालिका१० मा गरिएको अध्ययनमा औलो रोग सार्ने लामखुट्टे एनोफिलिज (पोथी) समुहका तीन वटा प्रजातिदेखिएका छन्”, उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा औलो रोग सार्ने लामखुट्टेको घनत्व बढी रहेको पाइएको रोग सार्ने किटकोसङ्ख्या बढी देखिनु भनेको रोगको सङ्क्रमण दर बढने सङ्केत भएकाले यसलाई नियन्त्रण गर्नका लागि कार्यक्रम सञ्चालन गर्नआवश्यक भएको उहाँले बताउनुभयो

किटजन्य रोगको सङ्क्रमण फैलिने खतरा भए नभएको बारे समेत टोलीले अनुसन्धानको कार्यमा जोड दिएको उहाँको भनाइ किटजन्य रोग बारे अध्ययनसँगै रेकर्ड अपडेट गर्ने, बस्तुस्थिति पत्ता लगाउने कार्यमा टोली खटिएको किटजन्य रोगमा सबैभन्दा बढीचुनौतीका रुपमा एनोफिलिज जातको पोथी लामखुट्टेले सार्ने औलो रोग रहेको त्यसपछि क्यूलेक्स जातको पोथी लामखुट्टेले टोकेरसार्ने जापनीज इन्सेफ्लाइटिस, हात्तीपाइले, किर्नाले सार्ने स्क्रव टाइफस रहेका छन्

डेंगु, चिकनगुनिया, जीका भाइरसको सङ्क्रमण समेत सुदूरपश्चिम क्षेत्रमा देखा पर्ने गरेको पोथी सेन्ड फ्लाईले सार्नेकालाजारका बिरामी समेत विगत तीन वर्षदेखि कञ्चनपुरलगायत क्षेत्रका बासिन्दामा देखिने गरेको कात्तिक १५ गतेदेखिपरिचालित टोलीले भीमदत्त नगरपालिकामा अनुसन्धान अध्ययनको कार्य सकेर बेदकोट नगरपालिकामा कार्य शुरु गरेको

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago