सन्ताेष गहतराज , पाल्पा , असोज २० । पाल्पा जिल्लाकाे रिब्दिकाेट गाउँपालिकाले “रिब्दिकाेट गाउँपालिका चिनाउने पर्यटकीय गन्तव्यहरू” शिर्षकमा पालिका स्तरीय लेख रचना प्रतियाेगिता आयोजना गर्ने भएको छ ।
काेराेना भाइरस काेविड १९ ले विश्व नै अातकित भइरहेको बेला विद्यार्थीहरूलाई एकै ठाउमा भेला गर्न सम्भव नरहेकोले अनलाइन मार्फत लेख रचना प्रतियाेगिता सञ्चालन गर्न लागिएको गाउँपालिका प्रशासकृय अधिकृत प्रेम चन्द्र अर्यालले बताउनु भयाे । गाउँपालिका भित्रका महाेत्वपुर्ण धार्मिक तथा पर्यटकिय गन्तव्यहरूकाे पहिचान प्रचार, प्रसार,प्रवर्धन र त्यस्काे अभिलेखिकरण गर्ने अभिप्रायले गाउँपालिका स्तरीय लेख रचना लेखन प्रतियाेगिता राखिएको प्रशासकृय अधिकृत अर्यालले बताउनु भयाे । विद्यार्थीहरूले अाफ्नाे लेख तथा रचना कार्तिक महिनाकाे मसान्तसम्म
info@ribdikotmun.gov.np&pcaryal85@gmail.comमा पठाउन सक्ने छन । प्रतियाेगितामा प्रथमलाई १० हजार,द्वितीयलाई सात हजार,तृतीय ५ हजार र सान्त्वना हुनेले ३ हजार पुस्कार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…