प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरीमा,दुई तिहाइ बढी मतले पारित

बुटवल , २०असोजप्रदेश-५ को स्थायी नाम लुम्बिनी प्रदेश र राजधानी देउखुरी तय भएको छ।मंगलबार यससम्बन्धी मतदानका क्रममा उपस्थित प्रदेशसभा सांसदको दुई तिहाइ बहुमत सांसदहरुले लुम्बिनी प्रदेश र राजधानी देउखुरी पक्षमा मतदान गरेपछि प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी तय भएको हो।

फाइल फोटो

सुरुमा प्रदेशसभामा राजधानीको प्रस्तावमा मतदान भएको थियो जसमा ८२ जना सांसदहरुमध्ये ६९ जनाले प्रस्तावको पक्षमा र १३ जनाले प्रस्तावका विपक्षमा मतदान गरेका थिए।

यस्तै दोस्रो पटक प्रदेशको नाम प्रस्तावमा मतदान गरिएको थियो जसमा ८३ जना सांसदहरुमध्ये  ७९ जनाले प्रस्तावको पक्षमा र  ४ जनाले प्रस्तावका विपक्षमा मतदान गरेका थिए।२९५ को उपधाराको धारा २ बमोजिम शान्तिका अग्रदूत गौतम बुद्धको नामबाट लुम्बिनी प्रदेश ‍नामाकरण दुई तिहाइ बहुमतले पारित भएको छ। योसँगै प्रदेश-५ को स्थायी राजधानी  देउखुरी प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्तावको पक्षमा, कांग्रेसका डिल्ली चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी, भुवनेश्वर चौधरी, मो याकुव अन्सारीले पनि सरकारकै पक्षमा मतदान गरेका छन्।यस्तै कांग्रेस सासद सुरेन्द्र हमाल अनुपस्थित रहे।  यसअघि कांग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएपछि मतदान सुरु भएको थियो।

संशोधन प्रस्तावमा कांग्रेसका रमा अर्याल र पुष्पा थरुनीले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलबस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनु पर्ने उल्लेख गरेका थिए।अब दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनारको मैदान भागलाई प्रदेश ५ को स्थायी राजधानी तय भएको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago