प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरीमा,दुई तिहाइ बढी मतले पारित

बुटवल , २०असोजप्रदेश-५ को स्थायी नाम लुम्बिनी प्रदेश र राजधानी देउखुरी तय भएको छ।मंगलबार यससम्बन्धी मतदानका क्रममा उपस्थित प्रदेशसभा सांसदको दुई तिहाइ बहुमत सांसदहरुले लुम्बिनी प्रदेश र राजधानी देउखुरी पक्षमा मतदान गरेपछि प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी तय भएको हो।

फाइल फोटो

सुरुमा प्रदेशसभामा राजधानीको प्रस्तावमा मतदान भएको थियो जसमा ८२ जना सांसदहरुमध्ये ६९ जनाले प्रस्तावको पक्षमा र १३ जनाले प्रस्तावका विपक्षमा मतदान गरेका थिए।

यस्तै दोस्रो पटक प्रदेशको नाम प्रस्तावमा मतदान गरिएको थियो जसमा ८३ जना सांसदहरुमध्ये  ७९ जनाले प्रस्तावको पक्षमा र  ४ जनाले प्रस्तावका विपक्षमा मतदान गरेका थिए।२९५ को उपधाराको धारा २ बमोजिम शान्तिका अग्रदूत गौतम बुद्धको नामबाट लुम्बिनी प्रदेश ‍नामाकरण दुई तिहाइ बहुमतले पारित भएको छ। योसँगै प्रदेश-५ को स्थायी राजधानी  देउखुरी प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्तावको पक्षमा, कांग्रेसका डिल्ली चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी, भुवनेश्वर चौधरी, मो याकुव अन्सारीले पनि सरकारकै पक्षमा मतदान गरेका छन्।यस्तै कांग्रेस सासद सुरेन्द्र हमाल अनुपस्थित रहे।  यसअघि कांग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएपछि मतदान सुरु भएको थियो।

संशोधन प्रस्तावमा कांग्रेसका रमा अर्याल र पुष्पा थरुनीले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलबस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनु पर्ने उल्लेख गरेका थिए।अब दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनारको मैदान भागलाई प्रदेश ५ को स्थायी राजधानी तय भएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago