रसुवा, २० असोज । दशैँ भन्नेबित्तिकै नयाँ कपडा किन्ने र लगाउने, घरपरिवारमा पनि नयाँ वस्तु जोड्ने रुपमा लिइन्छ।तर यसपटक विश्वमा कोरोना महामारीको कारण विगत वर्षजस्तो परिस्थिति छैन। नेपालमै छ महिनायताको लकडाउन र निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय नाका बन्द हुँदा बजार महंगिएको थियो। मोबाइल, कपडाजस्ता बाहिरबाट आयात हुने वस्तुहरु महंगिँदा पनि उपभोक्ता खरिद गर्न बाध्य भएका थिए।
दैलोमै आइसकेको दशैँमा खपत हुने अधिकांश वस्तु छिमेकी देशहरु भारत र चीनबाट नै आउँछन्। भारत तर्फबाट आपूर्तिमा कुनै समस्या नरहे पनि चीनतर्फको नाका भने माघदेखि नै ठप्प थियो। तातोपानी नाका त त्योभन्दा अघिदेखि नै बन्द थियो।चीनबाट विशेषगरी कपडा र विद्युतीय सरसामग्री धेरै आउँछन्। नेपालमा चाडपर्वको बेला यिनै वस्तु धेरै खपत हुन्छन्। यही कारण पसलहरु खचाखच हुने गर्छन्। किनमेल गर्नेको घुइँचो हुन्छ।आइतबारदेखि तातोपानी नाका सञ्चालनमा आएको छ। नेपालमा आयात हुने सामान बोक्ने कन्टेनरहरु पनि अहिले लाइन लागेर सामान ओसार्नथालेका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले भने, ‘नेपालमा धेरैले अहिले बजारमा नयाँ डिजाइनका कपडा वा अन्य वस्तु छैनन् भन्ने गरेको पनि सुनेको छु, चीनतर्फको नाका बन्द हुँदा वस्तु बजारमा छैन भन्ने हल्ला पनि कतै सुनेको छु त्यो गलत हो। नेपाल चीनको नाका बन्द भए पनि भारत हुँदै समान आइरहेकै छ।’सोही कारण बजारमा कुनै पनि सामान अभाव नभएको उनले स्पष्ट पारे।अर्को कुरा मूल्यको कुरा गर्दा भारत हुँदै सामान आयात गर्दा केही लागत बढी पर्ने उनको तर्क छ। त्यसकारण थोरै मात्रै मूल्यमा असर गर्न सक्छ। तर ठूलै मात्रामा मूल्य बढ्ने भन्ने सवाल नभएको उनको दाबी छ।अहिले चीनतर्फको नाका सञ्चालनमा आएपछि बजार सामान्य अवस्थामै फर्किनेमा उनी ढुक्क छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…