चिनियाँ नाका खुल्यो, सस्तो होला दशैँको कपडा?

रसुवा, २० असोज दशैँ भन्नेबित्तिकै नयाँ कपडा किन्ने र लगाउने, घरपरिवारमा पनि नयाँ वस्तु जोड्ने रुपमा लिइन्छ।तर यसपटक विश्वमा कोरोना महामारीको कारण विगत वर्षजस्तो परिस्थिति छैन। नेपालमै छ महिनायताको लकडाउन र निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय नाका बन्द हुँदा बजार महंगिएको थियो। मोबाइल, कपडाजस्ता बाहिरबाट आयात हुने वस्तुहरु महंगिँदा पनि उपभोक्ता खरिद गर्न बाध्य भएका थिए।

फाइल फोटो

दैलोमै आइसकेको दशैँमा खपत हुने अधिकांश वस्तु छिमेकी देशहरु भारत र चीनबाट नै आउँछन्। भारत तर्फबाट आपूर्तिमा कुनै समस्या नरहे पनि चीनतर्फको नाका भने माघदेखि नै ठप्प थियो। तातोपानी नाका त त्योभन्दा अघिदेखि नै बन्द थियो।चीनबाट विशेषगरी कपडा र विद्युतीय सरसामग्री धेरै आउँछन्। नेपालमा चाडपर्वको बेला यिनै वस्तु धेरै खपत हुन्छन्। यही कारण पसलहरु खचाखच हुने गर्छन्। किनमेल गर्नेको घुइँचो हुन्छ।आइतबारदेखि तातोपानी नाका सञ्चालनमा आएको छ। नेपालमा आयात हुने सामान बोक्ने कन्टेनरहरु पनि अहिले लाइन लागेर सामान ओसार्नथालेका छन्।

त्यस्तै रसुवागढी नाका पनि नेपाल–चीन सहमतिमा सञ्चालन गर्ने निर्णय भइसकेको छ। तर चीनतर्फको पहिरो नपन्छिँदा आयातमा अझै समस्या छ।नाका सञ्चालन हुँदा केही सामान चीनबाट नेपाल भित्रिन थालिसकेका छन्। यसले बजार मूल्यलाई तलमाथि पार्ला वा नपार्ला अहिले सबैको चासोको विषय यही छ।तर यसमा व्यापारीहरुको भने भिन्न मत छ। उनीहरु भन्छन्, ‘चीनतर्फको नाका रोकिए पनि चीनबाट आउने सामान रोकिएको थिएन।’पानी जहाजबाट भारत हुँदै चीनको सामान भारत तर्फबाट आएकै थियो। उनीहरुकै भनाइलाई मान्ने हो भने यही कारण बजारमा सामान अभाव हुनै पाएन।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले भने, ‘नेपालमा धेरैले अहिले बजारमा नयाँ डिजाइनका कपडा वा अन्य वस्तु छैनन् भन्ने गरेको पनि सुनेको छु, चीनतर्फको नाका बन्द हुँदा वस्तु बजारमा छैन भन्ने हल्ला पनि कतै सुनेको छु त्यो गलत हो। नेपाल चीनको नाका बन्द भए पनि भारत हुँदै समान आइरहेकै छ।’सोही कारण बजारमा कुनै पनि सामान अभाव नभएको उनले स्पष्ट पारे।अर्को कुरा मूल्यको कुरा गर्दा भारत हुँदै सामान आयात गर्दा केही लागत बढी पर्ने उनको तर्क छ। त्यसकारण थोरै मात्रै मूल्यमा असर गर्न सक्छ। तर ठूलै मात्रामा मूल्य बढ्ने भन्ने सवाल नभएको उनको दाबी छ।अहिले चीनतर्फको नाका सञ्चालनमा आएपछि बजार सामान्य अवस्थामै फर्किनेमा उनी ढुक्क छन्।

 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago