एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाका लागि कार्यदल गठन

काठमाडौँ, २० असोज । काठमाडौं महानगरपालिकाले काठमाडौंको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको प्रक्रिया अघि बढाउन महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ। असोज १९ गते महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सभागृहमा बसेको ५१औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो।

फाइल फोटो

कार्यदलको सदस्यमा वडा १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोल, वडा ४ का अध्यक्ष मोहन विष्ट र सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत रहेका छन्। कार्यदलको सदस्य सचिवमा वातावरण व्यवस्थापन विभागका प्रमुखले काम गर्नेछन्।  ‘लगानी बोर्डबाट थालनी भएर महानगरमा फाइल आएको यो परियोजनालाई कसरी अगाडि बढाउन सकिन्छ? सरोकारवालासँग कुरा गर्न,सहमति गर्न र प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन जिम्मेवारी तोकेर निरन्तर काम गर्नुपर्ने भएकोले उपप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ।’ बैठकका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले भने।   काठमाडौं उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्र सहभागी गराउन लगानी बोर्डबाट अघि बढेको प्रक्रिया २०७५ साउन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३१ औं बैठकले विकास कर्तासँगको परियोजना विकास सम्झौता स्वीकृत गरेको थियो। यसअघि २०७४ फागुन २४ गते निजी क्षेत्रलाई काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मा दिने लगानी बोर्डका तत्कालीन प्रमुख कार्यकारी महाप्रसाद अधिकारी र निजी क्षेत्रको तर्फबाट नेपवेष्टकी अध्यक्ष संगीता श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। प्रमुख शाक्यका अनुसार अन्तिम सम्झौताका लागि ट्रान्सफर स्टेशन प्राप्ति, जनशक्ति व्यवस्थापनलगायत केही विषयमा दुई पक्षबीचका केही शर्तमा सहमति जुटाउन बाँकी छ। यो चरणमा लगानी बोर्डबाट फाइल महानगरमा आएको हो।  कार्यपालिका बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले परियोजना शुरु भएदेखि अहिलेसम्म भएका प्रयास, यसका सम्भावना र चुनौतीका विषयमा प्रस्तुति गरेका थिए। बैठकले सामाजिक विकास विभागले प्रस्ताव गरेको लक्षित वर्ग व्यवस्थापन निर्देशिका तयार पार्न सैद्धान्तिक सहमति दिएको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago