पहिरा पीडितलाई प्रदेश सरकारद्वारा सहयोग

बागलुङ , २० असोज बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिरा पीडितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ । ढोरपाटनमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२ परिवार र बेपत्ता रहेका १५ परिवार गरि ३७ जनाको परिवारलाई प्रति मृतक÷वेपत्ता ५० हजार रुपैयाँका दरले गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको हो ।

फाइल फोटो

त्यस्तै गत असार र साउनमा आएका पहिरोमा परी मृत्यु भएका निसीखोला र तमान खोला गाउँपालिकाका ५ परिवारका लागि पनि राहत रकम उपलब्ध गराइएको छ । गण्डकी प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले सोमबार पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत रकम प्रदान गर्नुभएको हो । जिल्लाको पश्चिमका ४२ परिवारका लागि प्रदेश सरकारले २१ लाख रुपैयाँ उपलव्ध गराएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनभयो । ढोरपाटनको बोबाङमा पहिरोसँगै आएको बाढीका कारण घरगोठ पुरिँदा बेपत्ता भएका मध्ये २२ जनाको शव फेला परेको थियो भने १५ जना अझै बेपत्ता छन् । राहत रकम प्रदान गर्दै मन्त्री चुमानले विपद्को सामना गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । ढोरपाटनले मृतक र बेपत्ताको तथ्यांक समयमा उपलब्ध गराउन नसकेका कारण पीडितलाई राहत वितरणमा ढिलाई भएको थियो । ढोरपाटनमा पुनस्थापनाको लागि प्रदेश सरकारले आवश्यक काम थालिसकेको जनाउँदै उहाँले स्थानीयसँग मिलेर बस्ति बसाउने काममा लाग्ने बताउनुभयो । ढोरपाटनमा बाढीपहिरोमा १ सय ३० घर विस्थापित भएका छन् । पहिरा पीडित बालकलाई सहयोग गत भदौ २९ गतेको पहिरोले घर पुरिएर आफन्तसँग बस्दै आएका जैमिनी नगरपालिका १ कुश्मीशेरा टुनिबोटका एक बालकलाई दक्षिण कोरियामा रहेका युवाले सहयोग गरेका छन् । पहिरोले घर पुरिएपछि आमासँगै मामा घरमा बस्दै आएका बिस्मात क्षेत्रीलाई ती युवाल पढाइ खर्च उपलब्ध गराएका हुन् । पहिरो पीडितका लागि दक्षिण कोरियामा सङ्कलन गरिएको राहत रकमबाट १५ हजार रुपैयाँ पीडित बालकको पठनपाठनमा सहयोग पु¥याउने गरी पठाइएको अभियान्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । पहिरोले घरगोठ पुरिएपछि उनी बेसहारा बनेका छन् । अन्यत्र घर बनाउने जग्गासमेत नरहेकाले क्षेत्री परिवार समस्यामा परेको छ । उनका हजुरवुवा र काकाको घरसमेत पहिरोले पुरेको छ । क्षेत्रीले कक्षा ११ मा पढ्छन् । रोजगारीको सिलसिलामा कोरियामा रहेका युवाहरुले पहिरो पीडितहरुका लागि राहत रकम पठाएका थिए । उनीहरुले पठाएको २ लाख १३ हजार रुपैयाँमध्ये मृत्यु भएकाका दुई परिवारको लागि ६० हजार र घरगोठ पुरिएर विस्थापित भएका ७ परिवारलाई २३ हजार रुपैयाँका दरले राहत रकम उपलव्ध गराईएको छ । राहत रकम वितरण गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले वैदेशिक रोजगारीमा रहेका युवाहरुले देखाएको मातृ ममता प्रशंसनीय रहेको बताउनुभयो । दक्षिण कोरियामा सोही गाउँबाट रोजगारीका लागि पुगेका सन्तोष पौडेल, दयाराम पौडेल र जीवन चपागाईले राहत सङ्कलनको अगुवाइ गर्नुभएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago