मूर्तिसहित तीन पक्राउ

कर्णाली, २० असोज । प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीन जनालाई सोमबार पक्राउ गरेको छ ।
सांकेतिक तस्बिर फाइल फोटो

विसं. २०७३ मंसीर ११ गते राती जुम्ला चन्दननाथ नगरपालिका ५ खलंगास्थित चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएका थिए । पक्राउ पर्नेमा चन्दननाथ १० बोहोरा गाउँका ३२ वर्षीय सुशील विष्ट, २३ वर्षीय सुदिप रावल र तातोपानी गाउँपालिका ८ का २८ वर्षीय जयलाल थापा रहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिनुभयो । उहाँले अभियुक्त विष्टको बोहोरागाउँमा रहेको जग्गामा सुकेको घाँसको थुप्रोको बीचमा खादामा बेरी राखेको अवस्थामा चोरी भएका मूर्तिहरु प्राप्त भएको बताउनभयो । प्रवक्ता वास्तोलाले चोरी भएका मूर्तिहरु चाँदीको जस्तो देखिने धातुको रहेको र पक्राउ परेकाहरुको सम्बन्धित जिप्रकाबाट अनुसन्धान भइरहेको उहाँको भनाई थियो । जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले विसं.२०४१ कार्तिक ८ गते मिति उल्लेख गरिएको ४५० ग्राम मूर्ति फेला परेको बताउनुभयो । मूर्ति चार हात भएको दायाँको माथिल्लो हातमा तरवार, तल्लो हातले आशीष दिएको जस्तो, बायाँ माथिल्लो हातमा एक तीरको तोखो भाग भाँच्चिएको त्रिशुल भएको तल्लो हातमा पाला(दियो) भएको, पाँच ईन्च उचाई पाँच ईन्च गोलाई भएको भगवतीको चाँदी जस्तो देखिने धातुको रहेको उहाँले जानकारी दिनुभयो । उहाँले संस्कृत भाषामा लेखिएको एकिन नबुझिएको सावत गिरि संवत् १९३४ बैशाख भन्ने मात्र बुझिने चार हात भएको बताउनुभयो । मूर्तिको दायाँ माथिल्लो हातमा चक्र जस्तो लिएको तल्लो हातमा कमलको फुल बाँया माथिल्लो हातमा गुर्जा, तल्लो हातमा गदा लिएको, कम्मरसम्म मालाजडित टाको र दुवै कानमा पँहेलो जलप लगाएको, वरपर फुलबुट्टे घेरामा छत्र मुकुटको जडित घेरा भएको, उचाई सात ईन्च, गोलाई ९.५ ईन्च भएको चाँदी जस्तो देखिने धातुको भगवानको ८९० ग्राम तौल अर्को मूर्ति फेला पारिएको उहाँले जानकारी दिनुभो । ———

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago