प्राविधिक कारण देखाउदै एसइई परीक्षाको नतिजा प्रकाशित मिति सारीयो ।

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले साउन १६ गते एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा २० गते मंगलबार सम्ममा प्रकाशित हुने जानकारी दिए। त्यस दिन नतिजा प्रकाशित हुन्छ कि भन्दै विद्यार्थी पखाईमा रहे। तर, नतिजा प्रकाशित हुन सकेन।

फेरि शर्माले मंगलबार सार्वजनिक बिदा परेकाले एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा प्रकाशित नहुने भन्दै आगामी बिहीबारसम्ममा नतिजा प्रकाशित गर्ने बताए। उनले गत मंगलबार भनेका थिए,‘भोलि बोर्ड बैठक बस्दै छौँ। त्यसपछि कहिले प्रकाशित हुनेछ निर्णय हुन्छ। बिहीबारसम्ममा नतिजा प्रकाशित हुने सम्भावना धेरै छ।’ तर, उनले भनेअनुसार बोर्ड बैठक बस्न सकेन।

फेरि नतिजा प्रकाशित मिति पछि धकेलिएको छ।  उपनियन्त्रक शर्माले फेरि यो साताभित्रमा मात्रै एसइई परीक्षाको नतिजा प्रकाशित गरिने बताए।

‘आज बोर्ड बैठक बस्ने भनिएको थियो,’उनले भने,‘तर, बैठक स्थगित भयो। अबको यो साताभित्रमा नतिजा प्रकाशित हुन्छ।’ उनले कसरी नतिजा प्रकाशित गर्ने भनी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी नगराउँदा बारम्बार मिति सरेको उनी बताउँछन्।

उनले भने,‘नतिजा प्रकाशितको लागि सबै तयारी छ। तर, कसरी नतिजा प्रकाशित गर्ने भन्नेबारे शिक्षा मन्त्रालयले केही जानकारी दिएको छैन। मन्त्रालयबाट निर्णय आएपछि नतिजा प्रकाशित हुन्छ।’ बोर्डका अनुसार यस वर्ष  चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago