प्राविधिक कारण देखाउदै एसइई परीक्षाको नतिजा प्रकाशित मिति सारीयो ।

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले साउन १६ गते एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा २० गते मंगलबार सम्ममा प्रकाशित हुने जानकारी दिए। त्यस दिन नतिजा प्रकाशित हुन्छ कि भन्दै विद्यार्थी पखाईमा रहे। तर, नतिजा प्रकाशित हुन सकेन।

फेरि शर्माले मंगलबार सार्वजनिक बिदा परेकाले एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा प्रकाशित नहुने भन्दै आगामी बिहीबारसम्ममा नतिजा प्रकाशित गर्ने बताए। उनले गत मंगलबार भनेका थिए,‘भोलि बोर्ड बैठक बस्दै छौँ। त्यसपछि कहिले प्रकाशित हुनेछ निर्णय हुन्छ। बिहीबारसम्ममा नतिजा प्रकाशित हुने सम्भावना धेरै छ।’ तर, उनले भनेअनुसार बोर्ड बैठक बस्न सकेन।

फेरि नतिजा प्रकाशित मिति पछि धकेलिएको छ।  उपनियन्त्रक शर्माले फेरि यो साताभित्रमा मात्रै एसइई परीक्षाको नतिजा प्रकाशित गरिने बताए।

‘आज बोर्ड बैठक बस्ने भनिएको थियो,’उनले भने,‘तर, बैठक स्थगित भयो। अबको यो साताभित्रमा नतिजा प्रकाशित हुन्छ।’ उनले कसरी नतिजा प्रकाशित गर्ने भनी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी नगराउँदा बारम्बार मिति सरेको उनी बताउँछन्।

उनले भने,‘नतिजा प्रकाशितको लागि सबै तयारी छ। तर, कसरी नतिजा प्रकाशित गर्ने भन्नेबारे शिक्षा मन्त्रालयले केही जानकारी दिएको छैन। मन्त्रालयबाट निर्णय आएपछि नतिजा प्रकाशित हुन्छ।’ बोर्डका अनुसार यस वर्ष  चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago