तितेपाती आम्दानीको स्रोत बन्दै, प्रशोधन गरी तेल निकालिदै

पाल्पा । बारीमा फालिएको तितेपाती आम्दानीको स्रोत बन्ने भएको छ । तिनाउ गाउँपालिकामा तितेपाती प्रशोधन गरी तेल बनाउन थालिएको छ । जडीबुटी संरक्षण तथा उपयोग सहकारी संस्था तिनाउ ३ झुम्साले प्रशोधनको काम सुरु गरेको हो । प्रशोधनकेन्द्र गत २०५६ सालमा स्थापना भै संचालनमा आएको थियो । केही वर्ष अलि मन्दगतिमा रहे पनि आज २०७७ साल साउन २१ देखि तितेपाती प्रशोधन (Distilation) बिधिबाट तेल उत्पादन गर्न थालिएको जडीबुटी संरक्षण तथा उपयोग सहकारी सँस्थाका अध्यक्ष झपेन्द्र जीसीले बताउनुभयो ।

प्रशोधन केन्द्रको प्रदेश साँसदहरू माननीय नारायण आचार्य, तुलाराम घर्ती मगर, तिनाउ गापा अध्यक्ष ओमबहादुर घर्तीमगर तिनाउ – ३ का वडाध्यक्ष प्रेम पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उत्पादनको सुरुवाती चरणमा पुरानो प्रबिधिका मेसिनबाट काम सुरू भएको छ । तर बिद्युतबाट संचालन हुने अत्याधुनिक द्रुत गतिका ठूला मेसिन हुने हो भने लाभ पनि राम्रै हुने आँकलन गरिएको छ ।
तितेपाती, तेजपात, अदुवा, बेसार टिम्मुर लगायत स्थानीय उत्पादन प्रशोधन गरी समृध्दि, स्वरोजागार र आत्मनिर्भरताका अबसरहरू सिर्जना गर्नु नै सहकारीको लक्ष्य रहेको अध्यक्ष जिसिले बताउनुभयो । राज्यका तीनै तह सकारात्मक मैत्री र सहयोगी बन्ने हो भने कम्तीमा २ लाख मानिसलाई स्वरोजगार र आत्मानिर्भरताका अबसरहरू सिर्जना गर्न सम्भब देखिने सहकारीको अनुमान रहेको छ ।
बारी तथा खरबारीमा फलिएको तितेपाती प्रति केजीरू ८ का दरले किसान उत्पादकबाट खरिद गरिएको छ । किसान उत्पादकहरू लाभन्बित भैसकेका छन् । दाउरा बालेर डिस्टिलेसन गरिने हुँदा अहिल लाभ लागतको मार्जिन थोरै देखिन्छ । प्रबिधि भित्र्याउन सक्ने हो भने राम्रो लाभ लिन सकिने छ ।
“हाम्रो लक्ष्य वा स्वार्थ कारखाना र सहकारी संस्था चलिरहोस् र स्थानीया उत्पादक किसान लाभान्वित हुन सकून् भन्ने नै हो यो संस्थालाई राज्यले आफ्नो परेली भित्रराख्न सक्यो भने राज्यको तर्फबाट गरिएका कामहरू मध्ये नमूना हुनेछ भन्ने हाम्रो दाबी पनि हो” अध्यक्ष जिसिको अपेक्षा रहेको छ ।

कोरोना महामारीका कारण ठूलो संख्यामा बेरोजगारी बढ्ने सम्भावना रहेका बेला यो प्रशोधन केन्द्रले केही लाई आर्मनिर्भर बनाउन सक्ने छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago