तितेपाती आम्दानीको स्रोत बन्दै, प्रशोधन गरी तेल निकालिदै

पाल्पा । बारीमा फालिएको तितेपाती आम्दानीको स्रोत बन्ने भएको छ । तिनाउ गाउँपालिकामा तितेपाती प्रशोधन गरी तेल बनाउन थालिएको छ । जडीबुटी संरक्षण तथा उपयोग सहकारी संस्था तिनाउ ३ झुम्साले प्रशोधनको काम सुरु गरेको हो । प्रशोधनकेन्द्र गत २०५६ सालमा स्थापना भै संचालनमा आएको थियो । केही वर्ष अलि मन्दगतिमा रहे पनि आज २०७७ साल साउन २१ देखि तितेपाती प्रशोधन (Distilation) बिधिबाट तेल उत्पादन गर्न थालिएको जडीबुटी संरक्षण तथा उपयोग सहकारी सँस्थाका अध्यक्ष झपेन्द्र जीसीले बताउनुभयो ।

प्रशोधन केन्द्रको प्रदेश साँसदहरू माननीय नारायण आचार्य, तुलाराम घर्ती मगर, तिनाउ गापा अध्यक्ष ओमबहादुर घर्तीमगर तिनाउ – ३ का वडाध्यक्ष प्रेम पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उत्पादनको सुरुवाती चरणमा पुरानो प्रबिधिका मेसिनबाट काम सुरू भएको छ । तर बिद्युतबाट संचालन हुने अत्याधुनिक द्रुत गतिका ठूला मेसिन हुने हो भने लाभ पनि राम्रै हुने आँकलन गरिएको छ ।
तितेपाती, तेजपात, अदुवा, बेसार टिम्मुर लगायत स्थानीय उत्पादन प्रशोधन गरी समृध्दि, स्वरोजागार र आत्मनिर्भरताका अबसरहरू सिर्जना गर्नु नै सहकारीको लक्ष्य रहेको अध्यक्ष जिसिले बताउनुभयो । राज्यका तीनै तह सकारात्मक मैत्री र सहयोगी बन्ने हो भने कम्तीमा २ लाख मानिसलाई स्वरोजगार र आत्मानिर्भरताका अबसरहरू सिर्जना गर्न सम्भब देखिने सहकारीको अनुमान रहेको छ ।
बारी तथा खरबारीमा फलिएको तितेपाती प्रति केजीरू ८ का दरले किसान उत्पादकबाट खरिद गरिएको छ । किसान उत्पादकहरू लाभन्बित भैसकेका छन् । दाउरा बालेर डिस्टिलेसन गरिने हुँदा अहिल लाभ लागतको मार्जिन थोरै देखिन्छ । प्रबिधि भित्र्याउन सक्ने हो भने राम्रो लाभ लिन सकिने छ ।
“हाम्रो लक्ष्य वा स्वार्थ कारखाना र सहकारी संस्था चलिरहोस् र स्थानीया उत्पादक किसान लाभान्वित हुन सकून् भन्ने नै हो यो संस्थालाई राज्यले आफ्नो परेली भित्रराख्न सक्यो भने राज्यको तर्फबाट गरिएका कामहरू मध्ये नमूना हुनेछ भन्ने हाम्रो दाबी पनि हो” अध्यक्ष जिसिको अपेक्षा रहेको छ ।

कोरोना महामारीका कारण ठूलो संख्यामा बेरोजगारी बढ्ने सम्भावना रहेका बेला यो प्रशोधन केन्द्रले केही लाई आर्मनिर्भर बनाउन सक्ने छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago