अब देखी एकजना व्यक्तिले २ वटा भन्दा बढी सिमकार्ड लिन नपाउने

यदि तपाईंको नाममा एउटै सेवा प्रदायकका दुई भन्दा बढी सिमकार्ड छन् भने आफूले प्रयोग नगर्ने सिमकार्ड बन्द गर्ने वा अर्काको नाममा नामसारी गर्नुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।

यही असार १३ गते बसेको प्राधिकरण बोर्डले यस्तो निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्राधिकरणले आइतबार सेवा प्रदायकलाई पत्र काटेर यसबारे जानकारी गराउने तयारी गरेको छ ।

यससँगै सेवा प्रदायकले एक जना व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड बिक्री गर्न पाउने छैनन् । यसरी एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड दिँदा दुरुपयोग हुनसक्ने भन्दै प्राधिकरणले यस्तो निर्णय लिएको बताइएको छ ।

‘एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा त्यसको दुरुपयोग हुनसक्छ, दूरसञ्चार सम्बन्धी विभिन्न अपराधमा प्रयोग हुन सक्छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘त्यतिमात्र नभएर एउटा व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा स्वयम् व्यक्ति नै खतरामा पर्न सक्ने भएकाले त्यस्तो जोखिम रोक्न यस्तो निर्णय लिइएको हो ।’

पछिल्लो समय सिमकार्ड व्यक्तिको आर्थिक कारोबारसँग पनि जोडिएर आउँछ । सिमकार्डबाटै बैंकिङ कारोबार, मोबाइल बैंकिङ लगायतका प्रणाली सञ्चालन हुने भएकाले पनि यस्तो खालको निर्णय आवश्यक रहेको प्रवक्ता अर्यालले बताए ।

उनकाअनुसार नेपाल टेलिकमको हकमा एक जनाले अधिकतम दुई वटा सिमकार्ड र एउटा ल्याण्डलाइन लिन सकिनेछ । अन्य सेवा प्रदायकको हकमा भने एउटा व्यक्तिको नाममा दुई वटाभन्दा बढी सिमकार्ड लिन नपाउने प्रावधान राखिएको छ ।

यो प्रावधान पुराना सिमकार्डको हकमा समेत लागु हुने उल्लेख गरिएको छ । पुराना प्रयोगकर्ताको हकमा समय सीमा तोकेर सेवा प्रदायकले यदि आफ्नो नाममा दुई भन्दा बढी सिमकार्ड भएको खण्डमा अर्को व्यक्तिको नाममा नामसारी गर्न निर्देशन दिनुपर्नेछ ।

नाबालिकको हकमा भने एउटा मात्रै सिमकार्ड लिन पाइने छ । त्यसका लागि पनि अविभावकको नाता प्रमाणीत र अन्य आवश्यक कागजात उपलब्ध भएको खण्डमा मात्रै सिमकार्ड जारी गर्न सकिने बताइएको छ ।

यसअघि प्राधिकरणले सिमकार्ड लिनका लागि सक्कली नागरिकता सहित व्यक्ति आफैं उपस्थित हुनुपर्ने प्रावधान लागु गरिसकेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago