काठमाडौं उपत्यकामा थपिए ५ योसँगै कोरोना संक्रमित संख्या १२ हजार तीन सय ९ पुगे

२०७७, १३ असार शनिबार १६:४९

काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका एक महिला, तीन पुरूष र भक्तपुर एक पुरूषमा कोरोना संक्रमण देखिएको बताएका हुन्।

शनिबारमात्रै कोरोना भाइरसका पाँच सय ५४ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेका छन्। उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्।

Comments

ताजा खबर