नेपालमा कोरोना संक्रमीत ५ हजार नाघे

२०७७, ३० जेष्ठ शुक्रबार १६:४७

पाल्पा । नेपालमा कोरोना संक्रमीत ५ हजार नाघेका छन । शुक्रवार थप ४४८ जनामा संक्रमण पुष्टि भएसंगै कुल सङ्ख्या ५ हजार ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । थप सङ्क्रमित हुनेमा ४२४ पुरुष र २४ जना महिला रहेका छन् । त्यस्तै थप १६ जना उपचार पछि डिस्चार्ज भएका छन । यो संगै हाल सम्म ८७७ जना निको भएका छन ।

Comments

ताजा खबर