एसइई परीक्षा नहुने, विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने

२०७७, २८ जेष्ठ बुधबार २२:५८

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको छ । बुधबार राती सकिएको मन्त्रिपरिषद् बैठकले माध्यमिक शिक्षा परीक्षा रोक्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस त्रासका कारण स्थगित भएको एसईई परीक्षा रोक्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।
गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।
बुधबारको मन्त्रिपरिषद् बैठकले हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने गरी एसईई परीक्षा राेक्ने निर्णय गरेको हो।
सरकारले बुधबार राति ढिला सकिएको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बिहीबार पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

Comments

ताजा खबर