आज अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्बजनिक हुँदै (नतिजा हेर्ने भित्र हेर्नुहोस् )

आज अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्बजनिक हुँदै (नतिजा हेर्ने भित्र हेर्नुहोस् )

काठमाडौँ । आज ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्वजनिक हुँदै छ। गत वर्ष (२०१९) मा भरेको डिभीको नतिजा आज शनिबार १२ बजेपछि सार्बजनिक हुने डिभीप्रोग्राम डट स्टेट डट गोभले जनाएको छ। गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म खुलेको ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा आज आउन लागेको हो।

‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ।ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिन्छ ।

इडिभी पर्यो कि परेन भनेर  dvprogram.state.gov/ESC/ लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ।

हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लटरी प्रोग्रामलाई ग्रिन कार्ड लोटरी कार्यक्रमको नामबाट चिनिन्छ। यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्दै आएको छ।

विगत वर्षहरुमा मे ५ मा नतिजा घोषणा गर्दै आएको अमेरिकी विदेश मन्त्रालयले कोरोनाको महामारीका कारण यस वर्ष भने जुन ६ पछि मात्र नतिजा सार्वजनिक गर्ने जनाएको थियो।

विस्तृत जानकारीका लागि यो लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ। dvprogram.state.gov/ESC/

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago