आज अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्बजनिक हुँदै (नतिजा हेर्ने भित्र हेर्नुहोस् )

आज अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्बजनिक हुँदै (नतिजा हेर्ने भित्र हेर्नुहोस् )

काठमाडौँ । आज ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्वजनिक हुँदै छ। गत वर्ष (२०१९) मा भरेको डिभीको नतिजा आज शनिबार १२ बजेपछि सार्बजनिक हुने डिभीप्रोग्राम डट स्टेट डट गोभले जनाएको छ। गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म खुलेको ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा आज आउन लागेको हो।

‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ।ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिन्छ ।

इडिभी पर्यो कि परेन भनेर  dvprogram.state.gov/ESC/ लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ।

हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लटरी प्रोग्रामलाई ग्रिन कार्ड लोटरी कार्यक्रमको नामबाट चिनिन्छ। यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्दै आएको छ।

विगत वर्षहरुमा मे ५ मा नतिजा घोषणा गर्दै आएको अमेरिकी विदेश मन्त्रालयले कोरोनाको महामारीका कारण यस वर्ष भने जुन ६ पछि मात्र नतिजा सार्वजनिक गर्ने जनाएको थियो।

विस्तृत जानकारीका लागि यो लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ। dvprogram.state.gov/ESC/

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago