ज्ञानेन्द्र निरौला,काकरभिट्टा
भारतबाट आएर मेचीनगरका क्वारेन्टाईनमा बसेका मध्ये ९९ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रबार मात्रै ५१ जनाको स्वाब संकलन गरिएको मेचीनगरका सामाजिक बिकास समितिका संयोजक नविन बरालले जानकारी दिनु भयो ।
शुक्रबार स्वाब संकलन गरिएकाहरुमा मेचीनगर वडा नं. ३, ११, १२ र १३ का क्वारेन्टाईनमा बसेकाहरु रहेको बरालले बताउनु भयो । त्यस्तै शुक्रबार नै ८ जनाको आरडिटी पनि गरिएको हो ।
यस अघि मेचीनगर वडा नं. १, ४, ५, र ९ का क्वारेन्टाईनमा बसेका ४८ जनाको स्वाब संकलन गरि परिक्षणका लागि बिराटनगर पठाईएको बरालले बताउनु भयो । अहिलेसम्म मेचीनगरका क्वारेन्टाईनमा बसेका कसैको पनि पिसिआरको रिपोर्ट नआएको समेत बरालले बताउनु भयो ।
यसै बिच मेचीनगरका जनप्रतिनिधि र कर्मचारी सहित ५४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । नगरप्रमुख, उपप्रमुख सहित केही वडा अध्यक्षहरु, अन्य कर्मचारी, सबारी चालक लगायतको चार दिन अघि पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएकोमा शुक्रबार रिपोर्ट आएको र सबैको नेगेटिभ आएको नगरपालिका स्रोतले जनाएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…