मेचीनगरका क्वारेन्टाईनमा भएका ९९ जनाको स्वाब संकलन

२०७७, २४ जेष्ठ शनिबार ०८:१५

ज्ञानेन्द्र निरौला,काकरभिट्टा
भारतबाट आएर मेचीनगरका क्वारेन्टाईनमा बसेका मध्ये ९९ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रबार मात्रै ५१ जनाको स्वाब संकलन गरिएको मेचीनगरका सामाजिक बिकास समितिका संयोजक नविन बरालले जानकारी दिनु भयो ।

शुक्रबार स्वाब संकलन गरिएकाहरुमा मेचीनगर वडा नं. ३, ११, १२ र १३ का क्वारेन्टाईनमा बसेकाहरु रहेको बरालले बताउनु भयो । त्यस्तै शुक्रबार नै ८ जनाको आरडिटी पनि गरिएको हो ।


यस अघि मेचीनगर वडा नं. १, ४, ५, र ९ का क्वारेन्टाईनमा बसेका ४८ जनाको स्वाब संकलन गरि परिक्षणका लागि बिराटनगर पठाईएको बरालले बताउनु भयो । अहिलेसम्म मेचीनगरका क्वारेन्टाईनमा बसेका कसैको पनि पिसिआरको रिपोर्ट नआएको समेत बरालले बताउनु भयो ।

यसै बिच मेचीनगरका जनप्रतिनिधि र कर्मचारी सहित ५४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । नगरप्रमुख, उपप्रमुख सहित केही वडा अध्यक्षहरु, अन्य कर्मचारी, सबारी चालक लगायतको चार दिन अघि पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएकोमा शुक्रबार रिपोर्ट आएको र सबैको नेगेटिभ आएको नगरपालिका स्रोतले जनाएको छ ।

Comments

ताजा खबर